गौरादह। झापाको गौरादह नगरपालिका भित्र रहेका पसलहरु खुल्ने समय तालिकामा हेरफेर गरिएको छ। गौरादह नगरपालिका र गौरादह उद्योग बाणिज्य संघ द्धरा संयुक्तरूपमा हस्ताक्षर गरि पसल खुल्ने समय परिवर्तन भएको जानकारी गराएका छन।
गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह र गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जित बहादुर कार्कीले संयुक्तरूपमा हस्ताक्षर गरि निकालिएको सुचना अनुसार पसलहरु बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म खुल्ला रहने जानकारी गराइएको छ। यश अघि बिहान ८ बजे देखि दिउँसो १२ बजे सम्म जोर बिजोरका आधारमा पसलहरु खुल्दै आएका थिए।
जिल्ला स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम,उपचार समन्वय तथा अनुगमन समिति झापाको निर्णय अनुसार नेपाल सरकार र प्रदेश सरकारले निषेध गरेका व्यवसायीक पसलहरु बाहेक अन्य पसलहरु समाजिक दुरी कायम गरि तोकिएको समयमा संचालन गर्न सकिने गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जित बहादुर कार्कीले जानकारी गराए।
स्वास्थ्य र सुरक्षाका मापदण्डलाई पालना गरि पसल संचालन गरिने र समय तालिका परिवर्तन गरिए संगै जोर बिजोर प्रणालीलाई हटाइएको पनि अध्यक्ष कार्कीले बताए।कोरोना भाइरस संक्रमण त्रास फैलिए संगै बढी भिडभाड हुने स्थान तथा बजारहरु बन्द गरिएका थिए।
नगरपालिका भित्र रहेका पसलहरुबाट ग्राहकहरुलाई चाहिएको खाद्यान्न तथा अति आवसेकिय सामग्रीहरु सहज रुपमा उपलब्ध गराउन समय तालिका बढाइएको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले जानकारी गराए।गौरादह नगरपालिका भित्र ठुला साना गरि १३ वटा बजार रहेका छन।