दमकमा फुडफेस्टिबल

दमक/ दमकमा यही फागुन ७ गते ११ गतेसम्म छैठौँ दमक फुड फेस्टिबल हुने भएको छ । विगतका वर्ष यस वर्ष पनि दमकमा फुड फेस्टिबल हुने भएको आयोजक होटल व्यवसायी सङ्घ दमकका वरिष्ठ उपाध्यक्ष सुधीर प्रधानले जानकारी दिए । भ्रमण वर्षलाई सघाउ पु¥याउन यस वर्ष पनि फेस्टिबललाई निरन्तरता दिइएको उनले बताए ।

फेस्टिबल दमक बसपार्क हातामा सञ्चालन हुने र त्यसका लागि आवश्यक तयारी थालिएको उनले बताए । फेस्टिबल सम्पन्न गर्न प्रधानको संयोजक पाँच सदस्यीय मूल आयोजक समिति र अन्य आधा दर्जन विभिन्न उपसमितिहरू समेत गठन गरिएको जनाइएको छ ।

फेस्टिबल सम्पन्न गर्न सङ्घले काजी राउतको संयोजकत्वमा प्रचार प्रसार, दीपक फुयलको संयोजकत्वमा सुरक्षा व्यवस्थापन, मदन ढकालको संयोजकत्वमा आर्थिक, गणेशप्रसाद अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन, कुका कुमालको संयोजकत्वमा सत्कार व्यवस्थापन उपसमिति गठन गरी काम थालिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.