देश–समाज राष्ट्रिय समाचार स्थानीय

ललितपुर अदालतले कांग्रेस नेता धनराज गुरुङकी पत्नी ज्योतीलाई सवुतसहित प्रतिउत्तर पेश गर्न आदेश

ललितपुर जिल्ला अदालतले कांग्रेस नेता धनराज गुरुङकी पत्नी ज्योती गुरुङलाई सवुतसहित प्रतिउत्तर पेश गर्न आदेश दिएको छ।

 मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी गुरुङलाई २१ दिनको समय दिएर सूचना जारी गरिएको हो। अदालतले तीनपुस्ते विवरण नै खुलाएर धनराज गुरुङकै पत्नी ज्योती भन्दै खुलाइएको छ। 

सूचना अनुसार बोधविक्रम थापाले ज्योतिविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए। त्यस अनुसार जिल्ला अदालतबाट गुरुङका नाममा जारी भएको म्याद बदर भई २०८३ साल जेठ ५ मा भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २२ बमोजिम २१ दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ। 

म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसे मुद्दा कानुन बमोजिम हुने र पछि कुनै उजुर नलाग्ने पनि सूचनामा उल्लेख छ। बेलायती र भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरु मिलेर खोलेको सो सहकारीको साढे १२ करोड हिनामिना गरेको आरोप छ। उनलाई पूर्वकर्मचारीहरु ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाले सघाएको सहकारीका पदाधिकारीको दाबी छ। घोटाला गरेको रकम फिर्ता गर्न पटकपटक ताकेता गर्दा समेत रकम फिर्ता नगरी ज्योति फरार भएको जाहेरीमा उल्लेख छ । उनीविरुद्ध यसअघि रेड कर्नर नोटिस समेत जारी भएको थियो।

समाज

Author

You may also like