• डा. तुलसी भट्टराई
    पचास वर्षअघि–२०३२ बाट झापा जिल्लाको पत्रकारिता क्षेत्रमा उदाएका श्री गञ्जबहादुर दाहाल एउटा सुपरिचित नाम हो । भद्रपुरबाट प्रकाशित सूर्योदयका समाचार दाता हुँदै उक्त पत्रिकाका सम्पादक बनेका श्री दाहालले २०३५ बाट ‘जनज्योति’ साहित्यिक मासिकको समेत सम्पादन÷ प्रकाशन गरेका हुन् । २०३९ पछि भने श्री दाहालले दमकमा स्थायी बासस्थान बनाएर ‘जनज्योति लाई साप्ताहिक रूपमा प्रकाशन गर्ने थाले । अन्य पत्रपत्रिकामा समेत उनले लेखन ÷ प्रकाशन गर्दै आएका हुन् ।
    २०६२ देखि उनले ‘पूर्व सन्देश पत्रिकालाई दैनिक प्रकाशनका रुपमा प्रारम्भ गरेर आजका मितिसम्म निरन्तरता दिइरहेका छन ।
    काठमाडौं बाहिर बसेर दैनिक प्रकाशन संचालन गर्नु, निरन्तरता दिनसक्नु सामान्य कुरा होइन । यतिवेला ‘पूर्व सन्देश’ र गञ्जबहादुर दाहाल परस्पर एकअर्काका पूरक र पर्याय बनेका पूर्व सन्देश पूर्वसन्देश नाम लिनासाथ गञ्जबहादुर नाम अगाडि आउँछ । त्यसैले गञ्जबहादुर भन्नासाथ– पूर्वसन्देश सम्झिन्छ ।
    पूर्वाञ्चल क्षेत्रकै पत्रकारिता जगत्का ज्ञान – मान बनेका अर्थाते श्री गञ्जबहादुरको पत्रकारिता यात्राले अद्र्धशतक अर्थात् पचास वर्ष पुरा गरेको छ । एकजना व्यक्तिको प्रयास र लगनशिलताले आज सम्पूर्ण दमकवासीकै गौरव बढाएको छ ।
    सात दशक उमेर पार गर्दै गरेका श्री गञ्जबहादुरमा युवा जोश र जाँगर यथावत् छ । जसले गर्दा पूर्वसन्देश अझ सशक्त ढंगवाट प्रकाशित भइरहने छ । दमक क्षेत्रको साहित्यिक, सांस्कृतिक र जनचेतनापरक प्रस्तुतिका कारण ‘पूर्वसन्देश ज्यादै राम्रो पत्रिका बनेको कुरा प्रायः सबै पाठक शुभेच्छुकहरुबाट चर्चा, परिचचो हुने गरेको छ । आजको समयमा पनि पूर्व सन्देशले ‘पठन संस्कृति’ को विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । सम्पूर्ण दमकवासीका गौरव, पत्रकारिताका सौरभ, वरिष्ठ पत्रकार एवं श्र्रष्टा श्री गञ्जबहादुर दाहालको ‘पत्रकारिताको स्वर्ण वर्ष उत्सव’ का अवसरमा उहांप्रति हार्दिक बधाइ एवं अग्रगमनका निम्ति शुभ–मङ्गल कामना ।

Author

You may also like