दमक, १ कार्तिक-
दशैंको समयमा खाद्यवस्तुको अवस्थालाई ध्यान दिन दमक नगरपालिकाका र गौरीगञ्ज गाउँपालिकाले मंगलबार बजार अनुगमन् गरेको छ ।
दमक उपप्रमुख एवं नगर अनुगमन् समिति संयोजक रेगिना भट्टराईको नेतृत्वमा सोमबार र मंगलबार दमकका किराना पसलहरु अनुगमन् गरिएको छ ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की सहित इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, राजश्व शाखा, खाद्य तथा बजार अनुगमन शाखा, नगर प्रहरी सहितको टोलीले बजार अनुगमन् गरेको हो । अनुगमनका क्रममा केही किराना पसलहरुमा मिति गुज्रेका, लेवल नभएका खाद्य बस्तुहरु जफत गरि दर्ता नगरि पसलहरु संचालन गरेका पसलेहरुलाई जरिवाना गरिएको उपप्रमुख प्रसाईंले जनाइन् ।
उता गौरीगञ्जमा, गाउँपालिका उपाध्यक्ष पूजन न्यौपाने कुँवरको अगुवाईमा इलाका प्रशासन कार्यालयका प्रमुख चुडामणि आपागाईं, इलाका प्रहरी प्रमुख अरविन शाह, उद्योग वाणिज्य संघ अध्यक्ष मख्ना महतो सहितको सहभागितामा मंगलबार बजार अनुगमन् भएको छ । बजारका केहि पसलका केहि सामानमा मिति गुज्रिएको अवस्था भेटिएको थियो ।