कला/साहित्य/संस्कृति मुख्य

इष्टर्न स्टारले मनायो २९ औं वार्षिकोत्सव

दमक/ दमक-७ स्थित इष्टर्न स्टार बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २९ औं वार्षिकोत्सव विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरी भव्यरुपमा मनाएको छ । शुक्रबार विद्यालय हातामा आयोजना गरिएको प्रतियोगितात्मक तथा अप्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा आधारभूतदेखि माध्यमिक तह सम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएका थिए । वार्षिकोत्सवकै क्रममा विद्यालय हातामा विद्यार्थीहरुले तयार गरेका विभिन्न परिकारसहितको पूmड फेष्टिबल र विज्ञान प्रदर्शनी समेत गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रमको दमक-७ का वडाध्यक्ष भिम प्रसाद पौडेलले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पञ्च बहादुर राईको अध्यक्षतामा भएको थियो । कार्यक्रमको उद्घाटन पश्चात् प्रमख अतिथि रहेका वडाध्यक्ष पौडेलले सो विद्यालयले स्थापनाको २९ वर्षमा दमक र आसपासको क्षेत्रमा आफ्नो विशेष पहिचान र प्रभाव बनाएको बताउँदै नगरपालिकाको तर्फबाट विद्यालय परिवारलाई आवश्यक सहयोग गर्न आपूmहरु तत्पर रहेको प्रष्ट पारे । वडाध्यक्ष पौडेलले अहिलेको समयमा विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा दिने कुरामा सो विद्यालयले विशेष जोड दिएको जानकारीमा आएको र हालसम्मको सफलताको लागि शुभकामना दिए । कार्यक्रममा सहभागी अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाहरुलाई स्वागत तथा शुभकामना दिँदै विद्यालयका संस्थापक प्रिन्सिपल लछुदास (एलडी) राईले विद्यालयको गौरवमय इतिहासलाई कायम राख्दै ज्ञान र संस्कार सहितको जीवनोपयोगी शिक्षा दिने कुरालाई विद्यालयले प्राथमिकता दिएको बताए ।

कार्यक्रममा कक्षा २ सम्मका विद्यार्थीहरुले कक्षागत नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका पूर्व विद्यार्थीहरुले पनि गीत तथा नृत्यहरु पस्किएका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षकका रुपमा आधारभूत तहका शिक्षक बद्री चापागाई र बाल कक्षाका शिक्षिका सीता मादेनलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सहायक प्रिन्सिपल घनश्याम कोइरालाले सहजीकरण गरेका थिए ।

Author

You may also like