हाम्रो यसपालीको भारतयात्राको वृन्दावन पछिको गन्तव्य आग्रा थियो । वृन्दावनबाट बिहानै त्यता लाग्ने र बेलुका फर्केर वृन्दावनमा नै बास बस्न आइपुग्ने योजना बन्यो । त्यहाँबाट आग्रासम्मका दूरी भनेको त्यस्तै ७० किलोमीटर रहेछ ।
आग्रामा हेर्नैपर्ने भनेको त्यही ताज महल त हो । प्रेममा विश्वास गर्ने जो कोही पनि जीवनमा एकपटक त्यहाँ पुग्नै पर्ने विश्वास गर्छन् होला शायद । सत्रौं शताब्दिका मुगल सम्राट शाहजाहँले आप्mनी प्यारी पत्नी मुमताज महलको संझनामा निर्माण गरेको यो ताजमहलको लोभलाग्दो कथाको प्रसंग आए नै पिच्छे मेरो मन एकचोटि आग्रा पुगेर त्यो भव्य महलको दृश्यपान गर्न पाए हुन्थ्यो भनेर फुरफुराइरहन्थ्यो । तर मौका मिलिरहेको थिएन । कामको सिलसिलामा श्रीमान्जी भने २०-२५ वर्षअगाडि त्यहाँ पुग्नुभएको थियो । तर जोडी नै जाँदाको महत्व नै अर्कै हुने नि त !
दैनिक करीब ४०,००० का हाराहारीमा पर्यटक पुग्ने त्यो स्थानमा भीड कत्तिको हुँदो हो तपाईं आपैmँ विचार गर्नू न ल । पुग्न त हामी त्यहाँ बिहानको दश बजेतिर नै पुगेका थियौँ तर हामीभन्दा अगाडि त्यहाँ पुग्ने त कति कति ! सर्वप्रथम हामीले ताज महलको परिसरमा प्रवेश पाउनका लागि टिकट काट्नुपर्ने थियो । त्यत्रो लाइनमा बसेर कहिले पालो आउने होला भनेर हामी कुरा गर्दैथियौ । बाटैमा एउटाले समात्यो । उसको उद्देश्य हामीलाई उसको दोकान देखाउनु थियो । उसका अनुसार त्यहाँ आग्रा कारागारका कैदीले केराका पात, बाँसका पात र नरिवलका पातबाट तयार गरेका लुगाकपडा पाइँदा रहेछन् । ऊ हामीलाई बारम्बार त्यहाँ जान आग्रह गरिरहेको थियो । हामीले पहिले ताजमहल नै हेर्ने इच्छा व्यक्त गर्दा उसले अनलाइन टिकट काट्ने सल्लाह दियो । यसो गर्दा लाइनमा बसेर टिकट काट्ने झन्झटबाट मुक्ति पाइन्थ्यो । खासमा उसले हामीलाई भारतीय नै ठानेर यो सल्लाह दिएको थियो । हामीले टिकट काट्नलाई परिचयपत्र देखाउनुपथ्र्यो । अनि हाम्रो नेपालको नागरिकता देखाउनासाथ बढी पैसा तिर्नुपथ्र्यो । तपाईंलाई सुनाइहालूँ, त्यहाँको टिकटदर भारतीयलाई भा.रु. १५०, सार्क मुलुककालाई भा.रु. ५७० र अरु विदेशीलाई भा.रु. ७०० थियो । हामीलाई आपूmहरु भारतीय जस्तो देखिएको फाइदा पनि त उठाउनु थियो । हामी चारैजनाका मनमा भारतीयसरहकै टिकट काटेर भित्र पस्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । अनि हामीले त्यही हामीलाई बाटो छेक्ने मान्छेलाई फकाएर उसको परिचयपत्र देखाएर हामीलाई अनलाइन टिकट किनिमाग्न लगायौँ । यसको सट्टा हामीले उसको दोकान हेर्न जाने र केहि सामान किन्न पनि सकिने कुरा सुनायौँ ।
खुशी हुँदै हात-हातमा आप्mना आप्mना नामका टिकट बोकेर हामी अनलाइन टिकट काट्ने भारतीयहरुको छोटो लाइनमा बस्यौँ । हामीलाई लागेको थियो टिकट हातमा भएपछि परिचयपत्र देखाउनुपर्दैन । तर टिकट हेर्नुभन्दा पहिले टिकट हेर्ने मान्छेले हाम्रो परिचयपत्र नै माग्यो । परेन त फसाद ! भारतीय भएर टिकट काटेको छ, अनि परिचयपत्र भने नेपाली ! यो विदेशी भूुुूमिमा ठगीको मुद्धा लाग्यो भनें कसरी उम्कने ? परिचयपत्र घरमा नै छुट्यो भनेर उसलाई धेरै मनाउन खोज्यौ तर त्यो ढीट मान्छे मान्दै मानेन । छिटो गर्नलाई र अलिकति पैसा जोगाउनलाई त्यत्रो तिकडम गरेको ! केही काम लागेन । हाम्रो एक घण्टाजति समय त्यसै बर्बाद भयो ।
धन्न अनलाइन काटेको टिकट चैँ फिर्ता भयो । अब भने हामी इमान्दार भएर सार्क मुलुक लेखिएको ठाउँमा लाइन लाग्यौँ । हामीले सोचजस्तो धेरै समय लागेन लाइन सर्न । निर्धक्क आ-आप्mना नेपाली नागरिकता देखाएर हामीले टिकट काट्यौँ र भित्र पस्यौँ । ताज महल परिसरभित्र यत्रतत्र सर्वत्र मानिस पोखिएका थिए । त्यहाँ तस्वीर खिचाउनेको पनि उस्तै घुइँचो थियो । परैबाट प्रत्यक्ष सेतो सिङ्गमर्मरको ताजमहल उभिएको हेर्न पाउँदा म प्रफुल्ल भएकी थिएँ ।
पर्यटकीय स्थल होस् त यस्तो ! कति धेरै मानिसलाई आकर्षित गर्न सकेको ! आन्तरीक र वाह्य पर्यटक बराबर देखिन्थे । राख्न पनि कति धेरै संरक्षण गरेर राखेको ! सुन्दर, सफा, अनि सयौँ वर्ष पुरानो भए पनि ताज महलको चमक उस्तै थियो— बेदाग हिउँजस्तै टलक्क टल्किएको । कति भव्य कलाकारिता यसको ! यस्तै अनुपम सौन्दर्यले गर्दा नै त ताज महल विश्वका सात आश्चर्यमध्ये एउटा आश्चर्यमा पर्न सफल भएको रहेछ । अनि यो युनेस्कोको विश्व सम्पदा सूचीमा नपर्ने त कुरै भएन ! जम्मा १७ हेक्टर जतिको विशाल परिसर ओगटेको यो क्षेत्रमा हेर्नुपर्ने चीजबीज त अरु पनि थिए । जस्तै मस्जिद, संग्राहलय, पाहुनाघर, पोखरी, बगैँचा । तर यमुना नदिको किनारमा उभिएको ताजमहल नै सबैका लागि आकर्षणको मुख्य केन्द्र बनेको थियो । त्यसैले त सबैजना त्यतैतिर लम्कँदै थिए । मलाई पनि कति बेला ताज महलको नजिक पुग्नु र त्यसलाई आँखाभरी हेर्नु अनि सुम्सुम्याउनु जस्तो भैरहेको थियो । त्यसैले हामी पनि त्यतै लाग्यौँ । त्यहाँ तीन किसिमका पर्यटक थिए— पहिलो, निश्चित् घेरा बाहिरबाट मात्र हेर्ने । यिनीहरु सबैभन्दा कम शुल्क तिर्नेमा पर्थे । दोस्रो, घेरा भित्र पस्न पाउने र यसलाई बाहिर बाहिरबाट हेर्न पाउने । यो समूहमा पर्नेले पहिलो समूहकाले भन्दा बढी शुल्क तिरेका थिए । अन्तिम समूहमा पर्ने सबभन्दा बढी शुल्क तिर्नेहरु थिए । उनीहरुलाई चाहिँ ताज महलभित्र छिर्ने अनुमति प्राप्त थियो । यसरी हेर्दा त टिकट बिक्री गरेर नै ताज महलले कति कमाउँदो हो ? टाइम्स अप्m इन्डियाले दिएको एउटा तथ्यांकअनुसार सन् २०१७, २०१८ र २०१९ गरी तीन वर्षमा ताज महलमा टिकट बिक्री गरेर भा.रु. २०० करोडभन्दा माथि आम्दानी भएको थियो । त्यही समयावधिमा आन्तरिक र वाह्य गरी करीब दुई करोड पर्यटक ताज महल हेर्न गएका थिए । पर्यटकीय स्थल यस्ता भए पो देशको पर्यटन उद्योग पनि फस्टाउँदो हो ।
हाम्रो देशमा पनि कति राम्रा र ऐतिहासिक महत्व बोकेका ठाउँ छन् नि ! तर न तिनको उचित संरक्षण र सम्बद्र्धन छ, न व्यापक प्रचार प्रसार नै । हाम्रा पर्यटकीय स्थलहरु कति सम्म दयनीय अवस्थामा छन् भन्ने कुरा विष्णु एस राईको ‘डाँडावारि डाँडापारि’ नियात्रा संग्रहमा समेटिएको ‘काँक्रेविहार’ आलेख पढ्दा छर्लङ्ग हुन्छ ।
जे होस्, मेरो वर्षांैदेखिको ताजमहल हेर्ने इच्छा पूरा भएको थियो । म खुशी थिएँ । यो प्रेमको प्रतीकलाई साक्षी राखेर हामीले केही तस्वीरहरु खिच्यौँ । आपूmले खिचेको चित्तबुझ्दा नहोलान् भन्ने शंका लागेर व्याबसायिक फोटोग्राफरलाई नै बोलाएर पनि खिच्यौँ । समय निकै घर्किसकेको थियो । पेटमा मुसा कुद्न थालेका थिए । त्यसैले अन्तिम पटक ताज महललाई धित मरुन्जेल हेरी हामी बाहिरियौँ ।