समाचार

घरनक्सा बारे ज्ञापनपत्र

झिलझिले, ६ मंसिर।

नेपाली कांग्रेस शिवसताक्षीले घरनक्साको कामलाई व्यवस्थित गर्न माग गर्दै नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
पार्टी सभापति अशोक वस्नेत नेतृत्वको टोलीले नगरको घर नक्सा शाखाबाट प्रदान गरिएको सेवामा नगरबासीले प्रश्न उठाएपछि सो कामलाई व्यवस्थित गर्न माग गरेर ज्ञापनपत्र बुझाएको उल्लेख छ । नगर प्रमुख मेघाहाङ थोप्रासँग भेट हुन नसकेपछि उनलाई सम्वोधन गरेर लेखेको सो पत्र छानविन समितिका सदस्य सचिव समेत रहेका प्रशासन प्रमुख डिल्ली नेपाललाई बुझाएको पाटीका सचिव होम दुलालले बताए ।
शिवशताक्षी नगरपालिका घरनाक्सा पास प्रकरणमा चरम लापारबाही भएको ज्ञापन पत्रमा उल्लेख छ । विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा शिवसताक्षी नगरपालिकाको त्यसखाले कमजोरी बाहिर आएपछि छानबिनका लागि गठित २०८० जेठ ७ गतेको तीन सदस्य समितिको प्रतिवेदन समेत सार्वजनिक नगरिएकोमा पनि उस्तै गुनासो रहेको उल्लेख छ । ‘नगरपालिकाले निर्धारण गरेको राजश्व बमोजिम सेवाग्राहीले शुल्क तिरी कागजपत्र पेश गर्दा पनि घरधनीलाई घर नक्सा प्रमाणपत्र नदिनु, दिएका कतिपय प्रमाणपत्रहरु पनि नक्कली हुनु, कार्यालयमा रेकर्ड नराखिनु जस्ता अत्यन्तै गैर जिम्मेवारी र लापरवाही पुर्ण कदम हो भन्ने हाम्रो पार्टीको ठम्याई छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
घर नक्सा प्रकरणको सही र सत्य कुरा के हो निष्पक्ष छानबिन गरी पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्ने र कमजोरी गर्ने पक्षलाई कारबाही गर्न ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।
शिवसताक्षी नगरपालिकाबाट हालसम्म नियमानुसार घर नक्सा पास भएकाको रेकर्ड अविलम्ब पत्रपत्रिकाबाट सार्वजनिक गरि नगरबासीलाई सुसूचित गराउन पनि नेपाली कांग्रेसले माग गरेको छ ।

Author

You may also like