हिजोदेखि आजसम्मको पुरानो विरासत हेर्दा हामीलाई लाग्छ कि हाम्रो नयाँ नेपालमा हरेक क्षेत्रमा आशातित प्रगति भएको छ । भ्रष्टाचारको गतिविधि हेर्दाखेरि हिजोभन्दा आज बढीभन्दा बढी भ्रष्टाचारको अवस्था दिनप्रतिदिन बढिरहेको छ । यसलाई रोक्न कुनैपनि हिजोदेखि आजसम्म बनेका सरकारले सकेको छैन । रोकिनेवालापनि छैन, यहाँ जसले जे गरेपनी हुन्छ । यहाँ दर्शन दिएर क्रान्तिका कुरागरेर कहिले नअघाउनेहरुले कोरा कल्पना गरेर केही नभने हुन्छ कि को के के गर्छ, गर्दैन ? त्यो नेपाली जनता सबैलाई थाहै छ । जनता अब त यतिसम्म वाक्कदिक्क भएकि कुनै नेताहरूका कुरा सुन्नेवालै छैनन । सुनुन पनि कसरी, काण्डैकाण्डले उनमक्त भएका अनेकन काण्डमा फसेकाहरुको बोलवाला छ यहाँ ।
यो पार्टी क्रान्तिकारी हो, त्यो पार्टी यो हो त्यो हो भनेर कसैले दर्शन नछाटे हुन्छ अब । हाम्रो देश नेपालमा जब लोकतान्त्रिक गणतन्त्र आयो नि तब नेताहरू सही दिशामा हिड्न सकेनन । सबैले ढाट्न, लुट्न, छल्न सिवाय अरु केही सिकेनन । नढाटुन पनि कसरी यो तलदेखि माथिसम्म लाइन सिक्दै गए, सबैले । यो क्रम मुनिदेखि माथिसम्म चल्दै गयो । कहाँ कमिसन खाएर, अर्थतन्त्र बटुलेर अघि बढनुपर्ने हो, कुन पार्टीको झोले कर्मचारीलाई समातेर अघि बढ्नुपर्ने हो, जि हजुरीमा अघि बढ्दैजानुपर्ने पुरानो विरासतलाइ सबैले शिरोधार्य गर्दै अघि बढदै गए, यहाँ बोल्ने कोहि भएनन, लोभिपापीहरुको झुण्ड बढदै गए । जुनजन दलका नेताकार्यकर्ता भएपनि सबैको एउटैमात्र बिकल्प कसरी बिचौलिया बनेर आर्थिक श्रोत जुटाउनुपर्ने हो सबैको सोच लोकतान्त्रिक गणतन्त्र अहिले हुँदा एउटै भो । बाहिर कार्यकर्तालाई झगडा गरायो भित्रभित्रै नेताहरू मिलेर मिलिभगतमा मालामाल हुँदा भयो, यही परिपाटी अहिलेपनि जस्ताको तस्तै छ ।
कहिँ सुधार हुने अवस्था छैन । कर्मचारीलाई आफ्नै पार्टीको झोले बनाए नेताहरूले । उनीहरूलाई कसरी प्रयोग गरौं, कुन ठाउँमा राखौ भन्ने दाउपेचमा नेताहरू सक्रिय रहे, यो कुरा जनताले बुझे तर कहिले के हो ? कस्तो हो ? भन्ने कुरामा सोचबुझ भने राखेनन जनताहरुले । भागबण्डा, लुछाचुडीमा नेताहरूको कर्मकाण्ड चल्यो यो चल्ने क्रममा आज विधुत प्राधिकरण समेत अछुतो रहेन । सामाजिक, धार्मिक, राजनीतिक, शैक्षिक कुनैपनि क्षेत्रमा राजनीतिक संस्कार बसाउन राजनीतिक दलहरुले कुनै कसुर राखेनन । यही दलदलमा फस्यो १० बर्षअघि देखि विधुत प्राधिकरण । आज यही बिषयमा जनसरोकारको वस्तुतथ्य विषय उठान गर्दैछु । जुन सत्य र तथ्यपरक छ । रामेछापको बेथान भन्ने ठाउँमा जन्मिएका नेपाल विधुत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङ एक वरिष्ठत इन्जिनियर हुन जसले सदियौ बर्ष अघिदेखि हाम्रो देश नेपालमा लोडसेडिङ्गको अन्त्य गरे, अँध्यारोलाई उज्यालो बनाइदिए । जनताको घरघरमा बत्तीको प्रकाश उज्यालो बनाइदिए ।
सन १९९४ मा इन्जिनियर पढिसके पश्चात् करिब ०५१ सालतिर उनी स्वदेश फर्किएर नेपाल विधुत प्राधिकरणको सातौ तहको इन्जिनियर पदमा रहि काम गर्न थाले । उनले प्राधिकरणमा काम गर्दागर्दै रसुवाको चिलिमे जलविधुत परियोजनाको जिम्मेवारी पाएका थिए, उतिबेला । चिलिमे हाइड्रोपावरको प्रवन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीनवटा अन्य योजनाहरुको निर्माण सुरु गरेका थिए । पछि उनलाई राजनीतिक प्रतिशोधका कारण त्यो आयोजनाबाट हटाएर प्राधिकरणको केन्द्रको केन्द्रमा आएपछि करिब दुईबर्षसम्म कुनै जिम्मेवारी पाएनन् । तत्पश्चात् ११ औं तहको कर्मचारी रहेका उनी सन २०१६ सेप्टेम्बरमा नेपाल विधुत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्ति पाएर लगनशीलताका साथ आफ्नो कार्यभार निभाए । उनी सो पदमा आसिन हुँदा सम्मका उपलब्धिहरुमा नेपाली जनतालाई लोडसेडिङ्ग मुक्त बनाएर छोडे ।
यतिमात्रै होइन सुख्खा याममा १९ घण्टा सम्म लोडसेडिङ गर्नुपर्ने अवस्थालाई समेत निराकरण गरे । आफ्नो जीवनको कुनै प्रवाह नगरी यसरी यही क्षेत्रमा न रात न दिन नभनी कर्तब्यनिष्ठ कर्मचारी भएर कामगर्ने सफल ब्यक्तित्व उनै मात्र हुन, जसले उज्यालो दीप बाल्ने काम नेपाली जनताको मुटुमुटुमा पुर्याए । सबैको हाइहाइ पाएर काम गरे । उनी नेपाल विधुत प्राधिकरणको प्रबन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भएपछि दोश्रो महिना अर्थात अक्टोबर ३०– २०७३÷०७÷१४ गते लक्ष्मीपूजाका दिन काठ्माण्डौबाट लोडसेडिङ मुक्त गर्ने कार्यको परीक्षाका रुपमा उनी शतप्रतिशत उत्तीर्ण भए । सो परीक्षण सफल भएको आधारमा वि.सं. २०७३÷१२÷०१ देखि देशब्यापी रूपमा लोडसेडिङको अन्त्य भयो । अर्को उल्लेखनीय काम घाटामा रहेको विधुत प्राधिकरण प्रा.लि.लाई नाफामा समेत पुर्याउन उनी सफल बने । धेरै बर्ष अघि देखिको ३५ अर्ब सन्चित घाटामा रहेको प्राधिकरण उनैको नेतृत्वमा आ.ब. २०७६÷७७ मा सरकारी संस्थान मध्ये सबैभन्दा बढी नाफा कमाउने कार्यलय बनेको थियो, त्योबेला । उनको कार्यकालमा विधुत चुहावटमा कमी भएको र धेरै बर्षअघि देखि प्रणालीमा रहेको करिब २६ प्रतिशत विधुत चुहावटलाई १५ प्रतिशतमा झार्ने सम्मको काम उनै घिसिङले मात्रै गर्न सकेका छन । अर्को अचम्मको कसैले गर्नै नसकेको काम रुग्ण आयोजना समेत सम्पन्न गरिसकेका छन । उनले ६० मेगावाटको त्रिशुली थ्री ए, चमेलिया र कुलेखानी–३ जस्ता रुग्ण आयोजना सम्पन्न गराएरै छोडे । आफ्नै कार्यकालमा पनि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना भने उनको कार्यकालमा जे जसरी सम्पन्न हुनुपर्ने हो त्यो भने हुन सकेन ।
उतिबेला निर्माण सकिने अन्तिम चरणमा रहेको आयोजना कोभिड – १९ का कारण अन्तरास्ट्रिय विज्ञहरु उपस्थित हुन नसक्दा परीक्षणमा जान पाएकै थिएन । कोभिडका भेरिएण्टले थलिएको अर्थतन्त्र डामाडोल अवस्थामा थियो । यही बेलामा मौकामा चौका हान्नेहरु मालामाल भए, जहाँपनि जतापनि, जतासुकै हरेक क्षेत्रको अवस्था न्यून भएकै बेला घिसिङले विधुत्तीय क्षेत्रमा तरलता ल्याउन दिएनन । योनै उनको उल्लेखनीय काम हो, विरोधको बावजुद विरोध सदनदेखि सडकसम्म आएतापनि यसलाई पनि सहज रुपमा आफ्नो काम सफल बनाएरै छाडे । इतिहासमा कसैले गर्नै नसकेको काम उनले रेकर्ड कायम गरेरै छाडे । यस्तो उदाहरणीय कार्यगर्दा सम्म उनलाई राजनीतिक रङ्ग दिएर जग हसाउने काम एमाले, काङ्ग्रेस जस्तो ठूलो पार्टीका शीर्ष नेताहरूले मात्र गरे तर धेरैले उनलाई स्याबासी दिए ।
उनलाई लगाएको आरोपहरु भारतबाट विधुत आयात गरी लोडसेडिङ अन्त्य गरेको र लोकप्रियताको आडमा राजनीतिक नेतृत्वलाईनै नटेरेको सम्म आरोप आए । कर्मचारी वर्गप्रति निर्मम बनेका र प्रचारमुखी भएको प्राधिकरणले भविष्यमा हुने खपतलाई ध्यानमा राखेर ठूला र जलाशयमुक्त आयोजना बनाउनुपर्नेमा त्यसतर्फ ध्यानै नदिएको सम्म आरोप प्रत्यारोप आए । अनलाइन खबर, सामाजिक संजालका भित्ताहरु, पत्रपत्रिकामार्फतका समाचारमा बेतुकका तर्कहिन समाचार समेत उनको विरुद्धमा लागे तैपनि देशभर उनको तारिफ भयो । अहिले अचानक यो सरकारले हुँदै नहुने काम गरेको उनलाई विधुत प्राधिकरणको कार्यकारी प्रमुख तथा निर्देशक पदबाट हटाएको छ । यस्तो गर्नै नहुने काम सरकारले गरिसकेको छ, अहिले सडक, सदन तातेको माहौल छ । अबका दिनमा उनले गरेका कामको उच्च मुल्यांकन गर्दै चाडोभन्दा चाडो उनलाई पुनर्वहाली गरेर पुनः काममा फर्कन सक्ने वातावरण सरकारले मिलाउन सकोस । सबलाई चेतना भया ।