देश–समाज राष्ट्रिय शिक्षा स्थानीय

निजी विद्यालयका सञ्चालक आन्दोलितः झापाका सबै स्थानीय तहमा ज्ञापनपत्र

दमक/ शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पास गरेको प्रस्तावित शिक्षा विधेयकका केही बुँदामा असहमति जनाउँदै आन्दोलनमा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन र एन प्याब्सनले संयक्त रुपमा झापाका १४ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएका छन ।
सोही क्रममा झापाको दमक नगरपालिका पनि बिहीबार संयुक्त रुपमा सो विधेयकमा सुधार र संशोधनको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । एनप्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ र प्याब्सनका केन्द्रीय सदस्य श्रवण पोखरेलसँग प्याब्सन दमक नगर अध्यक्ष नविन योगीले सो ज्ञापनपत्र बुझाएका हुन । ज्ञापन पत्र दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई र नगर शिक्षा अधिकृत सोमनाथ गुरागाई बुझेका थिए । ज्ञापन पत्र बुभmिसकेपछि प्रतिक्रियामा नगर उपप्रमुख भट्टराइले निजी विद्यालय सञ्चालक र व्याब्सन, एनप्याब्सनको मागका बारेमा माथिल्लो निकयामा जानकारी गराउने बताईन् ।
नगर उप्रमुख भट्टराईले शिक्षामा निजी क्षेत्रको योगदानका बारेमा पनि सबै तहका सरकार गम्भिर हुनुपर्ने उनको भनाई थियो ।
प्याब्सन र एनप्याब्सनले निजी संस्थागत विद्यालयलाई आगामी दिनमा गैर नाफा मूलक बनाउने विधेयकमा रहेको प्रावधान हटाउनुपर्ने माग गरिरहेका छन् । त्यस्तै १५ प्रतिशतलाई पूाणर्् छात्रवृत्ति दने नभनेर साविककै बमोजिम १० प्रतिशत छात्रवृत्ति कायम हुनुपर्ने र छात्रवृत्ति अन्तर्गत भनी शुल्क, वार्षिक शुल्क र पढाई शुल्क कायम हुनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस क्रममा एन प्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष श्रेष्ठ, प्याब्सन केन्द्रीय सदस्य श्रवणकुमार पोखरेल र कोशी प्याब्सनका वरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेलले आफुहरुको मागको सुनुवाई नभए जारी आन्दोलनलाई कठोर बनाउँदै लैजाने चेतावनी दिएका थिए । ज्ञापनपत्र बुझाउन दमकका निजी विद्यालयका सञ्चालकहरु नगरपालिका पुगेका थिए । कार्यक्रम सञ्चालन प्याब्सन दमक नगर सचिव लक्ष्मी नेपालले गरेका थिए ।
ज्ञापनपत्र बुझाउने क्रममा भद्रपुर नगरपालिकामा नगरप्रमुख गणेश पोखरेल सहित शिक्षा प्रमुख पवित्रा ढकाललाई ज्ञापनपत्र बुझाइएको प्याब्सन भद्रपुर पालिका अध्यक्ष भक्त कार्कीले जानकारी दिए । हल्दीबारी गाउँपालिकामा अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, शिक्षा शाखा प्रमुख जनककुमारी राईलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको प्याब्सन हल्दीबारी गाउँपालिका अध्यक्ष एम दङ्गालले जानकारी दिए ।
यता अर्जुनधारा नगरपालिकामा उपप्रमुख खड्कामाया पराजुली, शिक्षा शाखा प्रमुख हरिबहादुर कुँवरलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको प्याब्सन अर्जुनधारा पालिका अध्यक्ष बालगोपाल गौतमले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख प्रमुख तिलचन भण्डारी, शिक्षा अधिकृत लासाङ तामाङ, जानुका रेग्मीलाई संयुक्त ज्ञापन पत्र बुझाइएको प्याब्सन बिर्तामोड पालिका अध्यक्ष सुरेन्द्र खरेलले जानकारी दिए ।
कचनकवल गाउँपालिकामा भने प्याब्सनको सदस्य विद्यालय नरहेको बताइएको छ । प्याब्सनमा आवद्ध झापामा ३१८ सदस्य विद्यालय रहेका छन् ।
दमक…त्यस्तै बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई, उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, शिक्षा प्रमुख योगराज पौडेललाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएको प्याब्सन बाह्रदशी पालिका अध्यक्ष निमेश ढुंगेलले जानकारी दिए ।
यता कन्काई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, शिक्षा प्रमुख राजकुमार ओडारीलाई ज्ञापन पत्र संयुक्त रुपमा बुझाइएको प्याब्सन कन्काई नगर अध्यक्ष विनोद उप्रेतीले जानकारी दिए ।
त्यस्तै कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र शिक्षा अधिकृत रबिन गौतमलाई ज्ञापनपत्र संयुक्त रुपमा बुझाइएको प्याब्सन कमल पालिका अध्यक्ष दीपक संग्रौलाले जानकारी दिए ।
गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी ज्यू र शिक्षा प्रमुख बिदुर आचार्यलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको प्याब्सन गौराद पालिका अध्यक्ष टेकनाथ तिम्सिनाले जानकारी दिए ।
शिव शताक्षी नगरपालिका प्रमुख रोशन थोप्रा, उपप्रमुख नरमाया कार्की र शिक्षा प्रमुख छवि ढकाललाई ज्ञापनपत्र संयुक्त रुपमा बुझाइएको प्याब्सन शिवसताक्षी पालिका अध्यक्ष रामप्रसाद सुहाङले जानकारी दिए ।
उता गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलबती राजवंशी, उपाध्यक्ष पूजन न्यौपाने कुँवर र शिक्षा प्रमुख टंकप्रसाद खरेललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको प्याब्सन गौरीगञ्ज पालिका अध्यक्ष धनप्रसाद राजवंशीले जानकारी दिए ।
बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा र शिक्षा प्रमुख कमल निरौलालाई संयुक्त रुपमा ज्ञापनपत्र हस्तान्तरण गरिएको प्याब्सन बुद्धशान्ति पालिका अध्यक्ष तिलक पाख्रिनले जानकारी दिए ।
झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, र शिक्षा प्रमुख जीवनप्रसाद ढकाललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको प्याब्सन झापा गाउँपालिका गणेश सुवेदीले जानकारी दिए ।
सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा प्याब्सनले निजी विद्यालयहरुलाई क्रमशः गैर नाफामूलक बनाइने छ भन्ने वाक्याशं हटाउन माग गरेको छ । त्यस्तै पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत प्रावधानलाई निरन्तरता दिइनु पर्ने, छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने माग गरेको छ ।
शिक्षा क्षेत्रको विकासका लागि निजी स्तरबाट पछिल्लो तीन दशकमा झण्डै ६ खर्ब रुपैयाँ लगानी गरिएको र यसले करिब चार लाख मानिसलाई रोजगारी सृजना गरेको, ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको, सरकारले छुट्याएको शिक्षाको कुल बजेटको ३५ प्रतिशतको हाराहारीमा योगदान निजी क्षेत्रको रहेको अवस्थामा निजी क्षेत्रका मागलाई सम्बोधन नगरेको भन्दै प्याब्सन आन्दोलित बनेको हो ।

Author

You may also like