– : उत्तमप्रसाद भट्टराई :–
अक्सफोर्ड विश्वविद्यालयको आफनो गरिमा थियो, अहिले पनि छुट्टै विशेषता लिएर हिंड्दै छ । अक्फोर्ड सहरमा सन. १६५० मा एउटा कफि सपले ग्राण्ड क्याफे
खोलियो  । क्याफे तातो र स्वादिलो कफिको मात्र केन्द्र भएन, त्यहाँ समाजका
माथिल्लो दर्जा जस्तै प्राध्यापक, शिक्षक, लेखक, कलाकारको जमघट हुन थालो । सहरका संम्रान्त व्यक्ति, व्यापारी, उद्योगपति, घर(जग्गा व्यापारी त्यस क्याफेमा आउन थाले । संसद् र राजाको लंडाई समाप्त भई गणतन्त्र आएको अवस्थामा क्याफेमा गणतन्त्रवादी र राजावादीका आशा फल्ने, फुल्ने र फक्रन्थे, फल्थे । परिपक्व हुन्थे, भुँइमा झर्थे । ग्राण्ड क्याफेमा बौद्दिक व्यक्तिका आगमनले नयाँ उत्साह थपियो । प्राचिन ग्रिस र रोमन ग्रन्थका अध्ययन, अनुसन्धानका बहस हुन्थे, अंग्रेजी विद्धान प्राचिन ग्रन्थलाई मातृभुमीमा कसरी प्रयोग गर्न सकिन्छ भनि चिन्तित थिए, कफीको तातो घुड्कीले नयाँ उर्जा दिन्थ्यो ।
इङल्याण्ड र वेल्सको एकिकरण पश्चात् दुवै भुगोल जनाउने साझा नाम ब्रिटेन भएको थियो । भुगोल बडो समृद्धि बन्दै गयो  । समृद्धिसँगै अंग्रेजका आँखा बाहिर तोर्सिए । उनिहरु समुद्रपारी निर्जन टापु, उर्वर भुमि, आदीवासी क्षेत्रमा पहुँच (खोज्थे । सन्, १६५० को दशकमा राजधानी लण्डनमा धेरै कफि हाउस प्रचलनमा आइसकेका थिए  । सबै सपमा बौद्धिक वहस चल्थे, अगाडीका योजना चर्चामा आउथे  । डच फ्रान्स, स्पेन, आदी उदयीमान देश विराना र निर्जन टापु, आदीवासी क्षेत्र, अशिक्षित देश, ठूलठूला जंगल, लेक बैसी चाहारिसकेका थिए । ती देशसंग प्रतिष्पर्धा गर्ने चर्चा चल्ने क्याफेमा  । निसन, भिजन आदि सम्बन्धमा बौद्धिक व्यक्ति छलफल गर्थे । यसरी अंग्रेजी माटोमा खुलेका काफि सपले समग्र क्षेत्रलाई नयाँ उर्जा दिएका थिए । त्यहाँ छलफल हुन्थे, अध्यापन हुने अनुसन्धानका खाकामा चर्चा चल्थे की नयाँ क्षेत्रमा कसरी पाउ पासर्ने र जमाउने ? ती क्षेत्रका विकासका नाममा कसरी आदीवासीलाई झुक्याउने ? पाउ पसारेर भुगोल कसरी जोगाउन, अझ संमृद्धिमा कसरी श्रीबृद्धि गर्ने ? यि विषयमा सन् अठारौं सदीका प्रारम्भमा बहस चल्थे ती क्याफेमा  ।
कफी एउटा चुस्की मात्र नभई अंग्रेजी संस्कृति बनिसकेको थियो । चिसो भुमीमा तातो प्रदार्थ मात्र नसम्झी अगाडी बढ्ने कदममा नयाँ तातो उत्साह सम्भन थाले अंग्रेजी मित्रहहरुले । अमेरिकन माहाद्विपमा बेलायती पकड जमिसकेको थियो  । त्यहाँ शिक्षण संस्था खुलिसकेका थिए । लण्डन सहरका कफी हाउसमा त्यहाको शिक्षा नीति समेत बहसमा आएको थियो भन्ने प्रमाण पाइन्छ  । यसरी कफी हाउस मनोरञ्जनको थलो र फुटानी खेल मात्र नभई शिक्षा, नीति निर्माणका प्रारम्भिक बहस केन्द्र भएका थिए ।
अठारौं सदिको प्रारम्भमा क्याफेका चरित्र परिवर्तन हुन थालेको पाइन्छ । नेपालीका उखान ‘भेडा, भेडा तिर, बाख्रा आफनै बगाल तिर’ भए जस्तै कफी पाराखीका प्रकृति अनुसार क्याफेमा जमघर हुन थाले । साना व्यापारी, ठूला पुजिपति, जग्गा धनि, वकिल शिक्षक, प्राध्यापक, लेखक, कलाकार, सर्वसाधारण, सबैका आआफ्ना क्षेत्र वेग्लाबेग्लै थिए, सोही प्रकृति र चारित्र अनुसार कफि हाउसहरु वर्गीकृत हुँदै गए । सन् १७०८÷१७०९ को समयमा लण्डनको एउटा कफी केन्द्रका विविध लेखक क्रमशः एउटै समयमा पुग्न थाले, एउटै प्रकृतिका गफ भए । कफी हाउसका बहसका निचोडमा नियमित पत्रिका (एभचयमष्अब िभ्ककबथ) प्रकाशन गर्ने चर्चाले मूर्तरुप लियो । क्याफे संस्कृतिले नयाँ उचाई प्राप्त गन्यो ।
रिचार्ड हिस्टलले सन १७०९ मा द टेटलर पत्रिका प्रकाशित गरे । त्यसमा एडिसनको नाम पनि जोडीयो । जोसिफ एडिसन र स्टिलले संयुक्त रुपमा ‘द स्पेक्टेटर’ दैनिक पत्रिका निकाल्न प्रारम्भ गरे ।
यि नियमित पत्रिकाले समाचार, स्तम्भ, खेलकुद आदिलाई जनमानसमा पु¥याए  । अर्को महत्वपूर्ण योगदान यो दोखियो कि ती पत्रिकामा विविध विषय जस्तो की जात, जाती र विविध सामाजिक परिवेशका विषय (म्ष्खभचकभ ऋयलतभलत) समेत देखिए । पछाडि परेका समूह ओझेलमा पारिएका, धकेलिएका जातीहरुका आवाजले पत्रिका सिंगारिए । आर्थिक विविधता अगाडि आए ।
क्याफेमा जम्मा भएका निबन्धकार र लेखकले क्याफेको श्रीवृद्धि गरेनन्, दविएका आवाज, जनजातिका आवाज, भुइँमान्छेका पीडा छताछुल्ला बनाए । अन्य क्याफेले समेत सकारात्मक भूमिका खेले होलान्  । ब्रिटेनको श्रीवृद्धि हँुदै गयो, अगाडी बड्दै गयो  । क्याफे संस्कृतिले वेलायतलाई शिविरमा पु¥यायो ।
अब प्रसंग बदलौं, कफि सस्कृतिको हाम्रोमा के प्रभाव पर्दैछ, समयले वताउँला ? भविश्यका पिढीले लेल्छन भविम्वले पढ्ला  । कफि हाउसको प्रारम्भ कसरी र किन भयो होला ? हाम्रो देशमा, पछि आउँछ  । सन १८१६ को सुगौली सन्धि पछि ब्रिटिस प्रतिनिधि कालो सुट र टाईमा उपत्यका भित्रिए, सायद उनिहरुले कफि समेत लिएर आए की ? अर्को तर्फ दक्षिण सिमानाबाट भित्रियो की ? या सर्वसाधारण भन्दा विशिष्ट देखिने राणाले भित्र्याए की ? अध्ययन होला, अनुसन्धान होला ।
सुन्दर, शान्त र रमणीय सानो नगर दमकमा हाल धेरै कफी सप पाइन्छन । उच्च शिक्षाको अब्वल केन्द्र हो दमक  । राम्रा र गुणस्तीय स्कूल, छन दमकमा  । संसारले मान्यता दिएको उच्च शिक्षाको ज्योती हो दमक बहुमुखी क्याम्पसि । स्वास्थ्य क्षेत्र समृद्धितर्फ उन्मुख छ । एउटा टिचिङ हस्पिटलको अभाव देखिदैछ दमकमा । दक्षिणका औधोगिक पार्कले गति लिन नसकेको हो की ? राजमार्ग उत्तरतर्फको भ्यु टावर निन्दा ग्रहण गर्ने प्वाइन्ट बन्दैछ की जस्तो लाग्छ । निर्माणको चाजो मिलाउने नीति निर्मातालाई कोही गाली गर्छन, कोही अग्नि पुजा गर्न समेत पछि नपर्ने हो दमक । पुस्तकालयको अभावले पठन संस्कृतीले संस्थागत रुप लिन सकेन । यस्तै उतार चढाव छन्, मेरो दमकमा  । मेरो दमक, गौरवको दमकमा धेरै क्याफे खुलेका छन यतिबेला । यहाँको संस्कृति कस्तो होला ? लगानीकर्ता मित्रहरु जान्नुहुन्छ अक्फोर्डको ग्राण्ड क्याफे हुदै अगाडी लम्किएको स्याफे संस्कृति साइबर संस्कृतिमा परिणत भए दमकमा चार चाँद थपिने थिए । दमकमा खुलेका क्याफेमा सत्रौ र अठारौं सदीको बेलायती क्याफे संस्कृति भित्रिन सके साँच्चै दमक बन्ने छ । नयाँ आशा फुल्ने र फक्रिने अपेक्षा गर्न सकिन्छ ।

Author

You may also like