सर्प र डोरी
यो २०७४ साल माघ ६ गतेको कुरा हो । हामी क्याम्पस अवलोकन भ्रमणमा थियौं । महाकवि देवकोटा बहुमुखी क्याम्पसबाट बिदा भएर बुटवलतर्पm लाग्यौं । गाडीमा हुईकिँदै गर्दा छेउमा सँगै बसिरहनुभएका भागवत बुढाथोकी दाइको परिपक्क अनुहारलाई नियाँलें । उहाँ गम्भीर बनिसक्नु भएको थियो । यसको कारण खोजें । र, संभेंm, उहाँले सर्पलाई लाठीले हानिरहेका मान्छेहरुको दुनियाँ देख्नुभयो । र, देख्नुभयो अन्तमा कि त्यो सर्प थिएन । त्यो डोरी थियो । आज यो दुनियाँका सारा मान्छेहरु जीवनभर त्यही डोरी कुटिरहेका छन् सर्प भनेर । उहाँले त्यो डोरी हो भनेर पहिल्यै देखिसक्नुभएको रहेछ । मैले त्यसपछि आँपैmलाई संभेंm, मैले पनि जीवनको निकै ठूलो भाग त्यही डोरीलाई सर्प भनेर कुटिरहें । अनि जुन दिन त्यो सर्प होइन रहेछ, त्यो त डोरी रहेछ भनेर मेरो इन्द्रियले थाहा पाएँ, त्यही दिनदेखि त्यो डोरी पिट्न छाडिसकेको थिएँ । यो तत्वबोधको कुरा थियो । डोरी कुट्नु भनेको अल्बर्ट कामु र फ्रेडरिक नित्सेले भनेको जस्तो अस्थित्व नबुभ्mनु रहेछ, जुन अस्थित्व यस संसारमा शून्यताको राज गरेर बसिरहेको छ । निरर्थक छ । बिसंगत छ ।
अपरान्हको आगमन भइरहेको थियो । ढल्दै गरेको दिनलाई कसरी बिदा गर्ने भन्ने चिन्ता पनि थियो । र, त्यस दिनको एउटा महत्वपूर्ण अध्याय पूरा गर्नु थियो । बुटवलको बिशालबजार र त्यसको भीडले हाम्रो गतिलाई सिमित गरिरहेका थिए । त्यही गतिलाई पछ्याएर गन्तब्यमा पुग्नु थियो । राजनीतिको सधैं उत्कर्षमा, चर्चामा रहेको बुटवल बजार विशाल पल्टिरहेको थियो । अझ त्यस पटकको प्रादेशिक राजधानीको ग्ल्यामरमा सजिएको थियो बुटवल ।
मन्दिर र क्याम्पस
हाम्रो एउटा गन्तब्य आइपुगेको थियो, र त्यो थियो लुम्बिनी वाणिज्य क्याम्पस । बुटवलको केन्द्रमा रहेको उक्त क्याम्पसका अत्याधुनिक र विशाल भवनहरु बुटवलको दष्टिगोचर गरिरहेका देखिन्थे । भवनका पूर्वपट्टी सटेको क्याम्पस परिसरमा उभिएको मन्दिरले त्यहाँ प्रवेश गर्नेहरुको मनमा तरंग पैदा गरेको महसुस भयो । व्यवस्थापन एउटा मात्र संकाय भएको सो क्याम्पसका चार हजार विद्यार्थीहरु तथा प्राध्यापक र कर्मचारीहरु क्याम्पसमा प्रवेश गर्दा मन पवित्र बनाएर, एक पटक शीर झुकाएर र एक पटक भगवानलाई नमन गरेर प्रवेश गर्ने पवित्र थलो बनेको देखें त्यो क्याम्पसको परिसर । र, देखें मन सुद्धिकरण भएको । र देखें त्यो धरातल सुद्धिकरण भएको । मनमा अनेकौं बिकृत रुप बोकेर हिडनेहरुका मनलाई बिनिर्माण गर्दाेरहेछ भन्ने लाग्यो त्यो मन्दिरले ।
र संभेंm, आजसम्म धन बनाउने बाटाहरु थुप्रै छन् । तर मन बनाउने बाटाहरु ज्यादै कम छन् । त्यो मन्दिरलाई मैले ती हजारौं युवाहरुको मन बनाउने प्रथम खुड्किलो देखें । मन्दिरलाई क्याम्पस देखें । क्याम्पसलाई मन्दिर देखें । शैक्षिक संस्था विद्याको मन्दिर हो । हामी सबैले सानैदेखि सुनेको गीत हो । तर यो गीतको घाँटी अँठ्याएर निचोरेको हामी टुलुटुलु हेरिरहेका छौं यत्रतत्र । शिक्षण संस्था मन्दिर जस्ता हुन सकेनन् । अनि मन्दिर शिक्षणसंस्था जस्ता हुन सकेनन् । किनभने ती शिक्षण संस्थाहरु कि त राजनैतिक दलका अखडा बन्न बाध्य छन्, कि त राज्यले पनि छुन नसक्ने शैक्षिक माफियाहरुको अखडा बनिरहेका छन् । तर त्यहाँ मैले क्याम्पसलाई मन्दिर देखें । अनि देखें मन्दिरलाई क्याम्पस ।
भित्र प्रवेशगर्दा ग्राउण्डको बीचमा दीप प्रज्वलन गरिएको थियो । त्यसको कारण थियो —प्रदेश नं ५ को राजधानी बुटवल घोषणा भएको थियो भर्खरै । त्यसको उत्सव मनाइएको थियो । ती युवाका मनले पनि प्रादेशिक राजधानीका फाइदा देखे भन्ने लाग्यो । त्यसले बुटवलको सुन्दरता थप्छ भन्ने लाग्यो । यही ‘लाग्यो’ मा यो दुनियाँ चलेको छ । अटेको छ ।
त्यसपछि हामी पुस्तकालयतर्पm लाग्यौं । भीमकाय पुस्तकालय र त्यसको व्यवस्थापन रोमाञ्चित लाग्यो । गज्जवको कुरा त त्यहाँ कुनै पनि पुस्तक त्यहाँको कर्मचारीले नछोइकन विद्यार्थीका हातमा पुग्ने व्यवस्था गरिएको रहेछ । अनि ई—लाईब्रेरीको व्यवस्थाले विद्याार्थीहरुलाई यो संसारका करोडौं पुस्कहरु र जर्नलहरुसँग साक्षातकार गर्ने सुअवसर मिलाई दिएको थियो क्याम्पसले । संसारका मूल्यवान पुस्तक र लेख रचनाहरुसँग र तिनका लेखकहरुसँग साक्षातकार गर्ने मेसो मिलाई दिएको रहेछ क्याम्पसले । तिनले कुनै पनि बेला कोलम्बियाका मारियो लोइसा, वा बेलायतका बब डिलनसँग साक्षातकार गर्नसक्ने इन्टरनेट जडिट पुस्तकालय बनाएका थिए । लाग्यो, समयले फलाएका सबै फलहरु टिपेर आप्mना विद्यार्थीलाई दिन सफल भएको रहेछ लुम्बिनी वाणिज्य क्याम्पस । त्यो प्रविधिको फल थियो । त्यो उन्नत चेतनाको प्रतिफल थियो ।
सनातन धर्म र शिक्षा
क्रमशः हामी शिक्षाको एउटा सनातन रुपको ज्योर्तिलिङ्ग हेर्ने र त्यसलाई अनुभूत गर्ने एउटा उन्नत समयचक्रभित्र छि¥यौं । त्यो थियो ‘योगकक्ष’ । आज अनेकौं नामकका विज्ञानको नामले हाम्रा धार्मिक र सांस्कृतिक निधिहरु जरै उखेलेर प्mयाँक्न पाउँदा आँपूmलाई ठूलो वैज्ञानिक र महान मान्छे ठान्ने एउटा कहालीलाग्दो युग खेपिरहेका छौं । ती हाम्रा सबै सनातन धरोहरका नाभी छिनालेर महानताको गीत गाइरहेका छन् । यो उटपट्याङ्ग युगको त्यहाँ धज्जी उडाएको देखें मैले । आप्mनो गोठको दूधलाई दुत्कारेर रक्सीको मातमा सभ्यता नाप्ने मृत समयलाई झापट हानेको देखें मैले । आज समयको दुष्चक्रले उडाएका सभ्यताका मेरुदण्डहरुको पहाड छिचोलेर ध्यानकेन्द्र बनाउने त्यो क्याम्पसलाई नमन गरें मैले ।
किनभने ध्यान गर्नु पुरातनवादी बन्नु होइन । कथित ‘सामाजिक विज्ञान’ ले भने जस्तो भगवान मान्ने सामन्त, शोषक र दलाल बन्नु पनि होइन । बरु यसले हाम्रो दायाँ मष्तिश्कलाई कृयाशिल पार्छ । आज हामी प्रविधिको भर परेर आप्mनो सिर्जनशिलतालाई समाप्त पारिरहेका छौं । तर यसैलाई हामी ‘संज्ञान’को नाम लाजैविना दिइरहेका छौं । किनभने हाम्रो टाउकामा दुईवटा बे्रन अर्थात मष्तिश्क हुन्छन्—दाहिने र देब्रे । दाहिने हात चलाउँदा देब्रे मस्तिष्क सकृय हुन्छ जुन अंक, तथ्यांकहरुलाई नियन्त्रण गर्न सक्छ । देब्रे हात चलाउँदा दाहिने मस्तिष्क सकृय हुन्छ जसले दृष्यहरुलाई नियन्त्रण गर्छ । यसरी दुवै हात चलाएपछि दुवै मस्तिष्क सकृय हुन्छन् जसले गर्दा सृजनात्मकता बढी हुन्छ । किनभने दाहिने बे्रनले पठाएका चित्रहरुलाई समेटेर देब्रे ब्रेनले ग्रहण गर्छ । उसले त्यो तथ्यांकलाई दाहिनेतिर पठाइदिन्छ र दुवैको सकृयतामा त्यसको निक्र्यौल बाहिर आउँछ । यसर्थ दुवै मस्तिष्कलाई कृयाशिल नगरी कुनै पनि ब्यक्तिमा सिर्जनात्मकता भर्न सकिन्न भन्ने योग शिक्षाको आदर्श हो । तर हामीहरुले यो कुरा आजसम्म मनन गर्न सकेका छैनौं ।
आज नानीहरु घोक्ने र यान्त्रिक बन्दै गएका छन् । युरोपमा आएको औद्योगिक क्रान्तिले मान्छेलाई यान्त्रिक बनाएपछि त्यसको प्रतिकृयास्वरुप थुप्रै काव्यकारहरुले काव्यको रचना गरेर त्यो जीवनको यान्त्रिकरणको विरोध जनाए । किनभने मान्छे यन्त्रसँगै चलेपछि उसमा मानवीय संवेदनाको क्षय भयो । आज यही हामी पनि भोगिरहका छौ । हाम्रा नानीहरुमा आत्मविश्वास गुम्दै गयो र उनीहरु यन्त्रको शरणमा परे । तिनले समाजिकीकरण, संस्कार, परम्परा सबैलाई गौंण माने । तिनले पढे, अनुभूति नगरिकनै भएपनि घोकेर लेखे, अनि पास भए । तर योगले मान्छेको स्मरण शक्तिलाई उच्च बनाउँछ, सकारात्मक सोचको विकास गराउँछ, समस्यासँग जुध्ने र संयम गर्ने क्षमताको विकास गराउँछ ।
हामी अत्त्याधुनिक हलभित्र प्रवेश ग¥यौं । परिपक्क ‘लुक्स’मा देखिएका संयमित र विचारशील मुद्रामा प्रस्तुत भएका सहायक क्याम्पस प्रमूखले आप्mनो क्याम्पसका आयामहरुको चर्चा गर्न थाले । उनीमा देखिएका निर्धक्कता र स्पष्टताको कुनै मापन थिएन । उनीभन्दै थिए—हामी हिन्दू सनातनको शिक्षा र संस्कारबाट हुर्किएका हौँ । र, हामी यसको वैज्ञानिकता बुभ्mन सकिरहेका पनि छैनौं । योग एउटा यस्तै विज्ञान हो सनातन धर्मभित्रको । योगले विद्यार्थीमा एकाग्रता, स्मरण शक्ति र सकारात्मकतालाई माथि उठाएको र विद्यार्थीहरु यसप्रति बढी सकारात्मक भएको कुरा उनले निर्धक्क राखे । कमर्स पढ्ने विद्यार्थीलाई योगले सिर्जनात्मकता थपेको रहेछ । शिक्षालाई यसरी सनातनसँग जोडेर खोलामा बग्दै गरेको एउटा भएपनि दुर्घटनामा परेको यात्रीको उद्दार गरेको देखें मैले ।
केही क्षणमै क्याम्पस प्रमूख डा. ईश्वर गौतम आइपुगे । अतुलनीय व्यक्तित्वका धनी लाग्यो । केही वर्ष पहिले उनलाई दमक क्याम्पसमै भेट्दा छोटो संवाद गर्ने मौका पाएको थिएँ । एकजना बृटिश लेखकले अल्वर्ट आइन्सटाइन्लाई बाटामा भेटेर एक मिनेट बोल्दा थाहा पाएका थिए रे यी आइनस्टाइन विश्वकै एक नम्बरको सोच र चेतना भएको मान्छे लागेको थियो रे । मैले ईश्वर गौतमलाई क्याम्पस सञ्चालन गर्ने सवालमा आइन्सटाइन पाएँ ।
त्यो क्याम्पसमा विद्यार्थीहरुलाई कक्षामा नै छात्रवृत्ति र अन्य पुरस्कारहरु वितरण गरिने हुनाले क्याम्पसका विद्यार्थी र अभिभावकहरुले क्याम्पसले दिएको सुविधालाई सिधै उपयोग गर्नसक्ने विधिको विकास गरिएको रहेछ । यो समय हर क्षेत्र बिचौलियाको छाँयामा परिरहेको बेलामा पनि त्यो निष्कलंक बाँचिरहेको रहेछ । सञ्चालक समितिमा वाणिज्य क्षेत्रका मानिसहरु पहिलो रोजाइमा हुने गर्दा रहेछन् ।
अमेरिकी राष्ट्रपति र क्याम्पस प्रमूख
क्याम्पस प्रमूखलाई काम गर्न कहींबाट अवरोध नभएको र सायद यो पनि कारण थियो, उक्त क्याम्पस वर्षेनी डेढ करोड नाफामा चलिरहेको छ । चौध वर्षदेखि एउटै मान्छेलाई क्याम्पस प्रमूख त्यहाँको समुदायले किन बनायो ? एउटा नाथे विभागीय प्रमूख, उपसमितिको सदस्य, सहायक प्रमूखमा राजनीति र लविङ्ग गरेर यो मुलुकका सयौं क्याम्पसहरु प्यारालाइसिस बनिरहेको यो कुरुप समयमा देखिएको त्यो लुम्बिनी वँणिज्य क्याम्पस एउटा इडनको बगैंचाको पूmल थियो । सञ्चालक समितिको मिटिङ्ग एक घण्टामा सकिने र क्याम्पस प्रमूखले ‘के गर्ने ?’ भनेर समितिको मिटिङ्गमा लैजाने होइन, ‘यसो गर्नु पर्छ’ भनेर लैजाने चलन बसेको रहेछ । हरेक अमेरिकीहरु केमा विश्वास गर्छन् भने तिनको राष्ट्रपति कहिल्यै पनि अप्रजातान्त्रिक र निरंकुश हुँदैनन्, त्यही तवरले सञ्चालक समिति र त्यो समग्र समुदायले ती क्याम्पस प्रमूख गलत गर्दैनन् भन्ने महान सिद्धान्त बनाइसकेका रहेछन् । मैले ईश्वर गौतमलाई तिनै अमेरिकी राष्ट्रपति देखें जो कहिल्यै पनि आप्mना जनतालाई धोखा दिन सक्दैनन् । आन्तरिक परीक्षामा विद्यार्थीहरुले समावेश हुनै पर्ने, अन्यथा क्याम्पसले दिने सुविधाबाट बञ्चित गर्ने मात्र होइन, परीक्षा फारम भर्न नपाइने व्यवस्था पनि रहेछ । विद्यार्थीलाई अधिकतम् पठनपाठनमा सरीक गराइने व्यवस्था थियो ।
‘सर, यो क्याम्पसका आयामहरु नापी नसक्नु रहेछन् । हामी कहिले यो उचाइमा पुग्ने ?’ दमकदेखि हरपल फोटा खिचेर मिडियालाई प्रयोग गर्ने र मलाई क्यामारामा कैद गर्न कहिल्यै कसुर नराख्ने र आँपूmलाई मुस्कानमा प्रस्तुत गरिरहने, लगनशीलता अनि चिन्तनशीलता सधैं उजागर गर्न खोज्ने व्यक्तित्वका धनी शिक्षा विभागका उसबेलाका विभागीय प्रमूख तिलचन्द्र अधिकारीले उक्त क्याम्पसबाट बाहिर निस्कने बित्तिकै यो प्रश्न सोधे ।
यसको उत्तर बिसंगतहुन्थ्यो । त्यसैले यसको उत्तर समयलाई सुम्पेर हामी बेलुकी न्यू एरा होटलको बास लिन पुग्यौं । तारतम्य ईश्वर सरले मिलाउनु भएको थियो ।