मुख्य राजनीति

कार्कीले लिए विश्वासको मत

विराटनगर, ०१ जेष्ठ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट सोमबार विश्वासको मत लिएका छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे । उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो ।

बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा ६२ सांसद उपस्थित भए ।

कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बनेका हुन् । यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाएका थिए ।

Author

You may also like