बिर्तामोड, २ फागुन । लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा ६ दास पुलस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।
लायन्स क्लब अफ बिर्तामोड लेडीकी सक्रिय सदस्य तथा सामाजिक व्यक्तित्व उमा शाहका छोराको जन्मदिनको अवसर पारेर सो कापी सहितका सामग्री सहयोग गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष नीरू उप्रेती ओलीले बताइन् ।
कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट चिफ नीरज ओली, वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओली, छठ महिला मञ्चकी अध्यक्ष हेमलता चौधरी, लायन्सका लिडरहरु, विद्यालयका शिक्षक, शिक्षिकालगायतको उपस्थिति रहेको थियो । लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष ओलीको यो ४२ औं कार्यक्रम हो ।