दमक/ दमक ५ स्थित सानो प्रयास युवा समाजले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले दमक २ को वेलडाँगी आर्यघाट सरसफाई गर्नुका सार्थ सचेतनामूलक बोर्ड र फोहोर ब्यवस्थापन गर्ने डस्वीन राख्नेकाम गरेको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिए ।
सरसफाई कार्यक्रममा संस्थाका अध्यक्ष खतिवडा, सचिव वालचन्द्र कार्की, वडा नं ३ का वडाअध्यक्ष नविन वराल लगायत संस्थाका पदाधिकारी र सदस्यहरुसहित स्थानीयको उपश्थिति रहेको थियो ।
समाज सेवा गर्ने उदेश्यले कोरोना कालमा स्थापना गरिएको सानो प्रयास नामक यस संस्थाले कोरोनाकालमा समस्यामा परेकाहरुलाई खाना खुवाउने, मास्क र सेनिटाइजर वितरण गर्ने काम गरेको थियो भने दमक बजारमा २० वटा डस्वीन राख्ने काम गरेको अध्यक्ष खतिवडाले जानकारी दिए ।
दमकमा समाज हितार्थ खुलेका दर्जनबढी सामाजिक संस्था छन् तर पछिल्लो समय गतिविधि न्यून देखिएको छ ।