‘ I swear to the Lord
I still can’t see
Why Democracy means
Everybody but me. ‘
-Langston Hughes
‘भगवानकसम
मैले देख्दै देँिखन नि
किन प्रजातन्त्रको मतलव
म बाहेक सबै हो ।’
बुख्याचाका छिटा
आज एउटा कुरा भन्न मन लाग्यो । त्यो हो — हामी आपैmैले खनेका बाटाहरु बिर्सिदै गयौं । अलिअलि रहेकालाई पनि पुर्दै गयौं । सरकारले अस्ति माघ १६ लाई न त सहिद दिवस भनेर राष्ट्रिय धून बजाएर भावुक बन्दै विदा दियो न त प्रजातन्त्र दिवस ग्ल्यामरस बनाइरहेछ । चार सहिदका कुरा, फागुन ७ग तेको कुरा सबै वाइयात बनिसके ।
किनभने यहाँ भनिएको कथित लोकतन्त्र पनि छैन । किनभने लोकतन्त्रका सबै अवयवहरुलाई नाङ्गेझार पारेर सिस्नुपानी लगाइरहिएको छ ।
कसरी यस्तो भयो ?
यदि आजको दिनमा कुनै पुलिसले ‘म राज्यमाकानून र नियमको पालना गराउँछु, म भ्रष्टाचार गर्दिन’ भन्दा कतिजना नेपालीले पत्याउँछन् ? पुलिस भनेका भ्रष्ट र तस्कर हुन्, यी जनताको भन्दा तिनको र नेताको चाकडी गर्छन् भन्ने सन्देश गएको छ जनमानसमा ।
यदि कुनै शिक्षकले ‘म राम्ररी विद्यालयमा पढाउँछु । कोर्स सक्छु । राजनीति गर्दिन । म व्यवसायिक शिक्षक हुँ’ भन्यो भने कति जना मानिसले पत्याउँछन् ? यसो भन्ने शिक्षक उपहास र हाँसोको पात्र बन्छ । एउटा न्यायाधीशले ‘म भ्रष्टाचार गर्दिन, सत्यको पक्षमामात्र पैmसला गर्छु’ भन्यो भने कतिले पत्याउँछन् ? ती दल र भ्रष्टहरुको काम गर्छन्, जनताको होइन भन्ने सन्देश गएको छ जनतामा ।
एउटा राजनीतिकर्मीले ‘मैले नाजायज कमाएको छैन । जनताको सेवामा छु । भ्रष्टाचार निर्मूल अभियानमा छु ’ भन्यो भने कति मान्छेले पत्याउँछन् ? राजनीति गर्नेहरु खराव हुन्छन् भन्ने सन्देश गएको छ आज । एउटा कर्मचारीले ‘मैले जनताको कामगर्दा कहिल्यै पनि घुस लिन्न’ भन्यो भने कति मान्छेले पत्याउँछन् ? एउटा व्यापारीले ‘मैले उपभोक्ता ठगेको छैन, कर पनि छलि गरेको छैन’ भन्यो भने कति मान्छेले पत्याउँछन् ?
एउटा प्राध्यापकले ‘म अनुसन्धानमा व्यस्त हुन्छु । राजदुत हुन नेताको चाकडी गरेको छैन’ भन्दा कस्ले पत्याउँछ ? एउटा पत्रकारले ‘मैले कसैबाट प्रभावित भएर होइन, निष्पक्ष सूचनाको संप्रेषण गरेको हुँ’ भन्दा कस्ले पत्याउँछ ? कुनै किसानले ‘मेरो उत्पादनमा ज्यानलाई जोखिम पार्ने कुनै पनि रासायनिक पदार्थ प्रयोग गरेको छैन’ भन्दा कसले पत्याउँछ ? अनि एउटा पुरोहीत ब्राम्हणले ‘मैले सात्विक जीवनयापन गरेको छु’ भन्यो भने कति मानिसले पत्याउँछन् ?
अर्थात नैतिकमूल्य र मान्याताको, कानूनी राज्यको, विधिको, न्यायको राज्य चलिरहेको छ भन्ने कुरामा मानिसहरु किन विश्वस्त हुन सकिरहेका छैनन् ? आखिरी यी सब राज्यका संयन्त्र र धरोहरहरु हुन्, यी लोकतन्त्रका आधार स्तम्भहरु हुन् । तर यी लोकतन्त्रका सबै अवयवहरु एकैचोटी कसरी गल्र्यामगुर्लुम ढले ? ढले होइन, ढालियो । जानाजान ढालियो । यसो नगरी यो देशको ऐतिहासिक, धार्मिक, सांस्कृतिक बिरासत भत्काउन सकिन्न थियो ।
किनभने यो लोकतन्त्र कसैलाई चाहिएकै थिएन । पद चाहिएको थियो । पदसंग साटिएको लोकतन्त्र हो यो ।
तर लोकतन्त्रका कुनै पनि गुणहरु यहाँ छँदै छैनन् । किनभने यहाँ त बिभेद छ । आरक्षणका नाममा । जातिका नाममा । पार्टीका नाममा । जनता बिभाजित छन् । जनताले अपनत्व महसुस गर्न सकेका छैनन् । सच्चा लोकतन्त्रमा बिभेद हुँदैन । यसरी लोकतन्त्र जोगिन्छ ?
देश हाँक्नेहरुले यो प्रश्नको जवाफ दिन खोज्नु पर्ने हो । तर त्यो झण्झट गर्न कोही पनि चाहिरहेका छैनन् । यसको सिधा अर्थ हुन्छ —हामी हिंड्ने बाटो लोकतन्त्रको बाटो नै होइन ।
न त लेनिनले भनेको र आजको विश्वका कम्युनिष्टहरुले विश्वास गरेको ‘समाजवाद’ नै लोकतन्त्र हो । न त पश्चिमाहरुको नक्कल गरिएको ‘प्रजातान्त्रिक समाजवाद’ नै लोकतन्त्र हो । किनभने ‘समाजवाद’ भनेको अंकुश हो धेरै कुराहरुमा । त्यो पनि लोकतन्त्र होइन ।
यो कुरा वीपीलाई थाहाभएर पनि समाजवाद र प्रजातन्त्र एउटै तगारामा बस्छन् भने । जुन कुरा बिल्कुलै सम्भव छैन र थिएन । हामीले देख्यौं नि, प्रजातन्त्रलाई समात्दा समाजवाद चिप्लियो र कांग्रेस २०४६ पछिको सत्तारोहणमा लोकप्रिय बन्न सकेन, हतियार उठे । त्यो तत्कालिन राज्यको असफल नीति बढी जिम्मेवार थियो भने बाहिरको चलखेल पनि बलियो थियो । यो समाजवादको भुङ्ग्रोले यो संविधानलाई पनि झुण्ड्याउने छ बीच सडकमा बुइखयाचा पारेर । र, यसलाई देख्ने बित्तिकै हाम्रा नानीहरु कहालिने छन् । तिनको सातो जाने छ । त्यसको छिटा छेक्नु परिरहेछ आज ।
मन्त्री कसका ?
अस्ति भर्खरै एकथान मन्त्री दमक आएका थिए । होटलमा बसे । उनलाई उनकै पार्टीका नेता र कार्यकर्ताको घेराबन्दीमा राखियो । तिनैले गए, भेटे । जे जे माग्नु थियो, तिनैले मागे । जे जे पाउनु थियो, तिनैले पाए । तर उनको पार्टी भन्दा बाहिरका जनताले समाचारमा उनको फोटो र भिडियो हेरे र चित्त बुझाए । कतिलाई त उनी आउँदै गरेको, आएको र गएको थाहा पनि भएन । उनी एउटा दलका मन्त्री हुन कि सबै नेपाली जनताका ?
यही हो २००७ सालमा लडेर ल्याएको प्रजातन्त्र ? चार सहिदले यसैका लागि सहादतप्राप्त गरेका थिए ? सबै जनताको मन्त्री हुने सिस्टम चाहिएको होइन हामीलाई ? यो लोकतन्त्र भयो कि दलतन्त्र ? लोकतन्त्र भयो कि ग्यांगतन्त्र ? आज म यही प्रश्न गरिरहेको छु, लोकतन्त्र यही हो ?
राज्य संयन्त्र पङ्गु बनाइयो । नेपाली सेनापनि निश्प्राण जस्तै छ । प्रशंग माथिको कविता र प्रजातन्त्र दिवसको । अमेरिकी कवि ल्याङ्गगष्टन ह्यूग्जले लेखेको ‘रेज’ शिर्षकको कविताको यो माथिको अंशले हामीलाई खासमा प्रजातन्त्र, अर्थात लोकतन्त्र के हो भन्ने कुरा बुभ्mन सजिलो पारिरहेको छ । र, प्रजातन्त्र भनेको सबैको अपनत्व हो । सबैको हित र हक हो । समानता हो । फ्रान्सेली दार्शनिक तथा लेखक रुशोले आप्mनो बहुप्रतिष्ठित कृति ‘सोसियल कन्ट्रायाक्ट’ मा कानूनको अगाडी सवै समान हन्छन् । प्रजातन्त्रअर्थात लोकतन्त्रमा भनेका थिए । राज्यको संवैधानिक अधिकार र शक्तिलाई मात्र जनताले मान्नु पर्छ भने ।
आज म देखिरहेको छु, हामी यी विचारहरुको ठीक विपरीत दर्शनको आडमा हिंडिरहेकाछौं । आज म देखिरहेको छु, २००७ सालदेखि आजसम्म नेपाली जनताले लोकतन्त्रकालागि बगाएको पसिनाको कुनै सार्थक मूल्य प्राप्त भएन । जनता जपेर जनताको ढाड सेक्ने काम मात्र भइरहेको छ । संधै सत्तारोहणको कवचमा नाच्न मन पराउने नृत्याङ्गनाहरुको खोपी हुनपुगेको छ सिंहदरवार ।
यसपालीको लोकतन्त्रदिवसमा हेरें, देश उदासिन छ । सरकार उदासिन छ । दलहरु उदासिन छन् । कार्यकर्ता उदासिन छन् । वौद्धिक समुदाय उदासिन छन् । नेपाल नामको देशका तलव र भत्ता थाप्ने ठूलो समुदाय निक्कै वेखवर छ । जनताले न्यूनतम् रुपमा के कति कारणले यो लोकतन्त्र दिवस पर्दा पछाडि रहन गयो भन्ने कुरा थाह पाएनन्, तर थाहा पाउन पाउनु पर्छ ।
यसपाली मैले हेरें — यो लोकतन्त्र दिवसको रिकापीमा उभिएर लोकतन्त्रको गफ हा“क्नेहरु खासै दृष्यमा आइरहेका छैनन्् । लोकतन्त्रको दानापानी खाएर ढ्याउ ढ्याउ गर्नेहरु पनि यो दिवसको ह्याङ्गओभर मनाउनमै ब्यस्त छन् । ती पा“चतारे होटलमा, क्यासिनोहरुमा, अनि आप्mनै निवासमा मनाइरहेका छन् लोकतन्त्रको ह्याङ्गओभर । ती लोकतन्त्रको आवरणमा अनुत्तरदायी भूमिकाको नायकमा रुपान्तरित भएरहेका छन् । अनि फेरि हेरें— लोकतन्त्रको विल्ला भिरेर यी अन्तराष्ट्रिय वजारमा बिक्ने वस्तु बन्न तंछाड मंछाड त गरिरहेका छन्, तर ती आफैंलाई गिज्याउन व्यस्त छन् । ती आपैंmलाई धमाधम विनिर्माण गरिरहेका छन् । आपैंm पहिचान् गुमाएर रङ्गविहिन वन्न वाध्य भए । लोकतन्त्रको रङ्गीन कलेवरमा विराजमान भएकाहरु मस्त थिए सत्ताको ‘बार्गेनिङ्ग’मा । ओली—प्रचण्ड जुहारीको पर्दा पनि यही हो ।
भ्रष्टाचार संस्थागत छ । कोही बोल्न सकिरहेका छैनन् । बोल्न चाहिरहेका छैनन् ।
हत्याराहरु एक मनको मालाले सम्मानित हुने देश गनिरहेको छ यो ।
कसको प्रजातन्त्र ?
आज हामीहरु देखिरहेका छौं दल र दलीय व्यवस्थाको अनुहारमा तेजाव हान्नेहरु लोकतन्त्र दिवसको कुरा गर्दै छन् । तिनले प्रमाणित गरिरहेका छन्—नेपालमा कुनै पनि राजनैतिक दल सत्ता सञ्चालनकालागि योग्य छैनन् । तिनले सरकार चलाउन सक्दैनन । ती नालायक छन् । ती निश्पक्ष्ँ भन्ने शब्दबाट टाढा छन् । ती अराजक छन् । ती कानुनको पालना गर्न र गराउन विल्कुलै असमर्थ छन् । यस्तै बदनामको झण्डा फरफराए । बेस्करी कराए । अर्कोलाई गालीगलौजमा तिनले लोकतान्त्रिक ‘अभ्यास’ सम्झे । ‘बेला न कुबेला, भेनेजोएला’ भन्ने उखानको नाटकको मञ्चन गरे ।
अनि अझ उदेकलाग्दो कुरा त लोकतन्त्र दिवस नमनाउनेहरुको भिडमा लोकतन्त्रको लागि सारा जीवन अर्पण गरेका भनिएकाहरु पनि जसरी पनि आलोचनामा रमाइरहेका छन् । तिनले सत्ता र ‘समाजवाद’ संग लोकतन्त्र साटे । शक्तिपृथकीकरणलाई ध्वस्त पारेर ती लोकतन्त्र दिवस मनाउदैछन् । लोकतन्त्रलाई जीवनभर धारेहात लगाएकाहरु लोकतन्त्रकै दिवस मनले मनाइरहन सक्ने कुरा पनि भएन । प्रहरी प्रमुख र न्यायाधीशको गल्ला खोलेर लोकतन्त्रको रक्षा गरिरहेछन् ! देश भन्दा ठूलो अर्थोकै छ भन्नेहरु पनि मनाउंदैछन् ।
अब यही बाँकी छ भन्न—प्रजातन्त्र कसको ः लेनिनको ? माओको ? रुशोको ? बीपीको ? या पूर्व राजा महेन्द्रको ? यही कन्प्mयूज भएर होला, प्रजातन्त्र दिवस पनि गरुढको छायाँमा प¥यो । त्यसैले यो ७ गते प्रजातन्त्र दिवस मनाइने छैन । भगवानकसम, ह्यूग्जले माथि कवितामा भनेजस्तै । किनभने प्रजातन्त्रमा दल र तिनका नेता भगवान हुन्छन् ।