खेल मुख्य

महिला क्रिकेटमा विश्व कीर्तिमान

दमक, २ फागुन। नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोले माल्दिभ्समा जारी एसीसी वुमन्स प्रिमियर कपमा विश्व कीर्तिमान बनाएका छन् ।

रुविना र पुजाले माल्ल्दिभ्सविरुद्ध पाँचौं विकेटका लागि ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए । यो खेलमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको छ । जुन साझेदारी महिला टी–२० आई विश्वकै पाँचौं विकेटका लागि भएको सर्वाधिक ठूलो हो । यसअघि महिला टी–२० आईमा पाँचौं विकेटका लागि अष्ट्रेलियाका ग्रेसी हारिस र आश्लिघ गार्डनरले २०२२ मा भारतविरुद्ध १२९ रनको साझेदारी गरेका थिए । सो साझेदारी रुविना र पूजाले तोडेका हुन् ।

महिला टी–२० आईमा सर्वाधिक ठूलो साझेदारी अर्जेन्टिनाका लुचिया टेलर र गलानले पहिलो विकेटका लागि २०२३ अक्टोबरमा चिल्लीविरुद्ध ३५० रनको साझेदारी गरेका थिए । त्यो खेलमा अर्जेन्टिनाले २० ओभरमा १ विकेट गुमाउँदै ४२७ रन बनाएको थियो ।

पुरुष र महिला कुनै पनि टी–२० क्रिकेटमा बनेको त्यो नै उच्च साझेदारी र योगफल हो । मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । त्यस्तै पुजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।

Author

You may also like