दमक । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र दमक–५ ले ग्लोबल मेगा रक्तदान शिविरको आयोजना गर्दैछ । भदौ ६ गते देखि ९ गतेसम्म सेवा केन्द्रको कार्यालय हरिओम कोलोनी गेटमा आयोजना हुने उक्त मानविय पुण्यको कार्यक्रममा सहभागी भई रक्तदान गरी पुण्य कमाउने सेवा केन्द्रले अनुरोध गरेको छ ।
प्रजापति ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय एउटा सामाजिक तथा आध्यात्मिक संस्था जसले १३७ भन्दा बढी देशहरुमा नैतिक तथा आध्यात्मिक चेतनाको माध्यमबाट समाजसेवा प्रदान गरिरहेको छ । संयुक्त संयुक्त राष्ट्र संघद्वारा ७ पटक शान्ति दूत पुरस्कार प्राप्त गरेको सो संस्था ग्लष्अभा तथा भ्अयकयअ सँग सल्लाहकारको मान्यता पाएको छ । सोही संस्थाको आयोजनामा सबै देशमा अन्तर्राष्ट्रिय ग्लोबल मेगा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । ब्रम्हाकुमार संस्था अन्तर्गतको सामाजिक सेवा विभागले विश्व बन्धुत्वको भावना जागृत गर्ने हेतुले अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियानको आयोजना गर्ने भएको हो । सो अभियान रेडक्रस सोसाइटी, रोटरी÷लायन्स क्लब, जेसीज, विश्वविद्यालय, कलेज तथा अन्य प्रतिष्ठित सामाजिक संस्थाहरुसँग सहकार्यमा सम्पन्न हुने भएको हो ।