भद्रपुर । राष्ट्रिय सुचना दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा बृहत अन्तरकृया सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा संचारकर्मी, जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रमुख, कार्यालय सुचना अधिकारी तथा सरोकारवाला वीच मंगलबार छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको हो । कार्यक्रमको अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले सुचनालाई प्रभावकारी बनाउँदै सुचना माग गर्दा सुचना नदिनेलाई कार्वाही हुने बताए । उनले सार्वभौमसत्तालाई असर नपर्ने जुनसुकै सुचना पनि सुचना मागकर्तालाई कार्यालयले उपलब्ध गराउनुपर्ने बताए । कार्यक्रमको सहजीकरण गर्दै सुचना प्राप्ति गर्नु जुनसुकै नागरिकको पनि मौलिक अधिकार भएकोले कानुन बमोजिम प्राप्त हुने सम्पूर्ण सुचना प्राप्त हुने नागरिकको दायित्व भएकोले जिल्ला प्रशासन कार्यलयका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंले असान्दर्भिक सचना माग नगर्न आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले संवन्धित कार्यालयले सहज रुपमा नगरिकलाई सुचना प्रदान गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पत्रकाहरु उमाकान्त खनाल, रमा दाहाल, सन्तोष न्यौपाने लगायतले आफुहरुलाई कतिपय कार्यालयहरुले सहि सुचना दिन आलटाल गर्ने गरेको बताएका भने कतिपय कार्यलयका सुचना अधिकारी कर्मचारीले आफुहरु संग सुचना माग गर्दा माग कर्ताले डर धाक धम्की दिने गरेको बताए ।