समाचार

हात्तीको आक्रमणबाट एकको मृत्यु

दमक। जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मेचीनगर ९ का ४५ वर्षिय श्याम राई रहेका छन् । आज मंगलबार बिहान मेचीनगर ९ स्थित मागुरमारी सामुदायिक बन बिट न.१ बाट आएको जंगली हात्तीलाई खेदाउने क्रममा राईलाई अचानक हात्तीले आक्रमण गरेको थियो । घाईतेलाई उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ६ दिनअघि कमल गाउँपालिका ३ बस्ने ४४ वर्षिय जितबहादुर लिम्बुको हात्तीकै आक्रमणमा परी ज्यान गएको थियो ।

 

You may also like