समाचार

गौरादहका शैक्षिक थपलिया रहेनन

दमक/ जनता माविका शिक्षक तथा नेपाली कांग्रेस गौरादहका पूर्व सभापति एवं पूर्व शिक्षक कृष्णहरी थपलियाको निधन भएको छ ।
गौरादह ७ निवासी थपलियाको काठमाडौंमा उपचारका क्रममा सोमबार बेलुकी निधन भएको हो । मेरुदण्डको समस्या लिएर थपलिया दुई साता अघि उपचारका लागि काठमाडौंको हरिसिद्धी अस्पतालमा गएका थिए । उनलाई अन्तिम समयमा कोरोना संक्रमण समेत पुष्टि भएको बताइएको छ ।
स्व.थपिलयाका श्रीमती, दुई छोरा र तीन छोरी रहेका बताइएको छ । स्व. थपलियका सबै छोराबुहारी र छोरीहरु बेलायत, अमेरिका र अस्ट्रेलियामा रहेका पनि पौडेलले जनाए ।

Author

You may also like