दमक, झापा – दमक ७ मा रहेको रातो प्लेटका ट्याक्सीहरूलाई तोकिएको स्थानमा पार्किङ गर्न बारम्बार आग्रह गरिए पनि अझै आधा जति गाडी चोकमै राखिएको पाइन्छ। दमक नगरपालिकाले पार्किङ व्यवस्थापन गर्न निर्देशन दिँदै आए पनि सोको पूर्ण कार्यान्वयन हुन सकेको छैन।
पहिले मुख्य चोकमै पार्किङ हुँदै आएको यी ट्याक्सीहरूका लागि नगरपालिका प्रशासनले निश्चित स्थान तोकेको थियो। नगरपालिकाले पटक–पटक सूचना जारी गरे पनि केही ट्याक्सी चालकहरूले नियम पालना नगरेको स्थानीयले गुनासो गरेका छन्।
सार्वजनिक स्थानको अतिक्रमणका कारण चोकमा सवारी जाम बढ्ने र पैदलयात्रीलाई असहज हुने समस्या देखिएको छ। यस विषयमा ट्राफिक प्रहरी र दमक नगरपालिकाले कडा निगरानी राख्नुपर्ने आवश्यक देखिएको छ।
स्थानिय तथा सवारी चालकहरूबीच समन्वय गरी यो समस्या समाधान गर्न नगरपालिकाले अझै कडाइ गर्नुपर्ने माग उठ्न थालेको छ। यस विषयमा सम्बन्धित निकायले चाँडै ध्यान दिने अपेक्षा गरिएको छ।