समाचार स्थानीय

शिवसताक्षीका लामिछाने बन्धुहरु संगठित

दमक, १५ माघ। झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा बसोबास गर्ने लामिछाने बन्धुहरु संगठित भएका छन् । शनिबार भएको नगर स्तरीय भेलाले ‘लामिछाने बन्धु समाज नेपाल’ शिवसताक्षी नगर समिति गठन गरेको हो ।

जिल्ला कार्यसमितिको पहलमा भएको भेलाले बासुदेव लामिछाने संयोजक र मुकुन्द लामिछाने सहसंयोजक रहेको ९ सदस्यीय समिति चयन गरेको छ । समितिको सदस्यहरुमा तुलसीराम लामिछाने, धनकुमारी लामिछाने, रमेशप्रसाद लामिछाने, रुपनारायण लामिछाने, गोबिन्द लामिछाने, धननारायण लामिछाने र सीतादेवी लामिछाने चयन भएका हुन् ।

भेलाले ३ सदस्य नगर सल्लाहकार समिति समेत ययन गरेको छ । जसको संयोजक कमल लामिछाने र सदस्यहरु केदारनाथ लामिछाने र दिपेन्द्र लामिछाने रहेका छन् । नगर इन्चार्जको रुपमा सहजकर्ता युद्धप्रसाद लामिछानेलाई जिम्मेवारी दिएको बन्धुसमाजका जिल्ला सचिव विमल लामिछानेले जानकारी दिए , इन्चार्ज युद्धप्रसाद लामिछानेको सभापतित्वमा भएको भेलामा प्रमुख अतिथि केन्द्रीय सदस्य एनपी लामिछानेले गर्ग गोत्रीय बन्धुहरुको एकता अहिलेको आवश्यकता भएको बताए । उनले विभिन्न स्थानमा बसोबास गदै आएका लामिछाने बन्धुहरुले पूजा विधि र पद्धतीमा समेत एकरुपता ल्याउन आवश्यक रहेको बताए ।

नवगठित समितिलाई बधाई तथा शुभकामना दिने क्रममा जिल्ला समिति अध्यक्ष टिकाप्रसाद लामिछाने, उपाध्यक्ष घनश्याम लामिछाने, पूर्व अध्ययक्ष दिवाकर लामिछाने, भवन निर्माण समिति संयोजक पूर्णदेव लामिछाने, जिल्ला सदस्य लोकनाथ लामिछाने लगायतले छरिएर रहेका बन्धुहरु संगठित हुनको आवश्यकता र औचित्वबारे धारणा राखेका थिए ।

You may also like