Banner देश–समाज विविध समाचार

भूकम्पमा ५६ जना पत्रकारको घरमा क्षति

दमक, २४ कार्तिक

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्पले पत्रकारको परिवार समेत उस्तै पीडामा रहेको उल्लेख गर्दै नेपाल पत्रकार महासंघले सो तथ्यांक प्रस्तुत गरेको हो । जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपद्को बेला राहत उपलब्ध गराउनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सहयोगको लागि आह्वान गर्ने निणर्य गरेको महासचिव रोशन पुरीले जानकारी दिए ।
महासंघले सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसँग मैत्रीपूणर् सम्बन्ध भएका सञ्चार संस्थाका साथै इच्छुक व्यक्तिहरूलाई कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।

You may also like