Banner देश–समाज विविध समाचार

दुई कर्मचारी विरुद्ध अख्तियारको मुद्धा

इटहरी, २४ कार्तिक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाका २ कर्मचारी विरुद्ध मुद्धा दर्ता गराएको छ ।
आयोगले नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा इटहरीको टोलीले असोज १२ मा पक्राउ गरेको थियो ।
अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएपछि एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।

You may also like