Banner स्वास्थ्य

नगर पशु अस्पताल उद्घाटन

पथरी, २४ कार्तिक

पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले बिहीबार पथरी नगर पशु अस्पतालको उद्घाटन् गरेका छन् ।
पथरीशनिश्चरे वडा नं. ३ प्रगति टोलमा स्थापित अस्पतालको उद्घाटन गर्दै नगर प्रमुख तुम्वापोले नगरका पशुपालक किसानका लागि अस्पतालले महत्वपूणर् योगदान गर्न सक्ने बताए । उनले नगरको पशुपंक्षी शाखाबाट हुने सम्पूणर् गतिविधिहरु यही अस्पतालबाट हुने जनाउँदै हप्तामा ६ दिन अस्पताल खुल्ला रहने बताए ।
स्थानीयले जग्गादान गरेपछि अस्पताल निर्माण प्रक्रिया अघि बढ्दै २०७९ कात्तिक २७ गते अस्पताल शिलान्यास गरिएको थियो ।

You may also like