मुख्य लेख

खराब राजनीतिमाथि ‘अन्तर्बाेध’

पेशाले शिक्षक, अत्यन्तै मिहेनती, मृदुभाषी, सधैं कुनै न कुनै रचना सुनाएर मन प्रफुल्ल बनाउन सक्ने क्षमता भएका कवि विन्दु दहाल ‘मुकदर्शक’ पूर्वका परिचित कवि हन् । उनका मिठा कविता सुन्दा लाग्छ उनी कविता लेख्नकै लागि जन्मिएका हुन् । छैटौं कृति ‘अन्तर्बाेध’ छन्द कविता संग्रह केहिदिन अघि दमकमा भव्य विमोचन भयो ।
एउटै पुस्तकमा २९४ छन्द कविता विभिन्न स्वादमा लेखेर पाठकसामु ल्याउनु चानचुने कुरा होइन । यसखाले कठीन काम उनले पुरा गरेर नेपाली साहित्यमा महत्पवूर्ण देन दिन सफल भएका छन् । पूर्वकै स्थापित साहित्य कला सङ्गम दमकको बरिष्ठ उपाध्यक्ष रहेर सस्थालाई श्रृजनाको थलो बनाउन लाग्ने कविको सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको छ । उनका कविताले मानव, प्रकृति, सस्कृति, समाज सबैलाई छोएको छ । नेपालमा मौलाएको खराब राजनीतिलाई कविले कवितामै आलोचना र सुझाव दिनसक्ने क्षमता रहेको उनका कविताले देखाउँछ । उनले चोटिलो रुपमा प्रहार गर्दै सम्भ समाज निर्माणको सन्देश दिने कविताहरु सिर्जना गरेका छन् । समाजलाई डोहोर्याउने सन्देशले ओतप्रोत कविताहरु छन् । जीवनको पक्षमा बोलिएका छन् । यस्ता कविलाई हृदयदेखि नै धन्यवाद दिँदै आउने दिनमा अरु धेरै पठनीय र संग्रहणीय कृतिको शुभकामना ।

Author

You may also like