मुख्य विविध

सामूहिक तीज कार्यक्रमको लहर

जेवी खड्का
गौरादह, २४ भदौ ÷ नेपाली महिलाहरुको महान चार्ड तीज पर्व नजिकिदै जाँदा सामूहिक र संस्थागत रुपमा तीज मनाउने कार्यक्रम झण्डै दुइ साता अघिबाट नै सञ्चालन भइरहेका छन् ।
परम्परादेखि मनाइदै आएको तीज पर्व पछिल्लो समयमा सामूहिक रुपमा मनाइने चलन बढेको छ । दिदीबहिनी भेला गरेर घरमा परिवारका सदस्य जम्मा भएर तिज मनाउने चलन थियो । तीज पर्वका दिन आआफ्नै घरमा तीज मनाइने भएकाले पर्व आउनु भन्दा केहिदिन अघि महिलाहरुले रमाइलो गरेर मनाउन थालेका छन् । पछिल्लो समयमा संघ संस्था र मठ मन्दिरहरुले सहयोग गर्दा सामूहिक रुपमा तीज मनाउन सहज भएको छ । संघ संस्थाहरुले सामुहिक रुपमा तीज मनाउन संस्थामा आबद्ध रहेका महिलाहरुलाई आर्थिक स्रोतको ब्यबस्थापन गरिदिँदा थप सहज भएको हो ।
समूहमा आबद्ध रहेका महिलाहरुले आफैले आर्थिक स्रोतको ब्यबस्था गरेर गाउँका चौकमा जम्मा भएर पनि सामूहिक रुपमा तिज मनाउने गरेका छन् । तीज पर्व मनाउदा मीठो मसिनो बनाएर खाने तथा तीज सम्बन्धि नेपाली लोक गीतमा नृत्य गरेर मनाउने गरेका छन् । यसै सन्दर्भमा गौरादह नगरपालिका ५ मा रहेको राधाकृष्ण मन्दिरमा तीज विशेष कार्यक्रम गरिएको छ । मन्दिर परिसरमा गौरादह ५ शान्ति चौकमा रहेको राधेश्याम किर्तन मण्डलीको आयोजनामा तीज विशेष कार्यक्रममा किर्तन मण्डलीमा आबद्ध महिलाहरुका साथै आसपासका महिलाहरुको सहभागिता रहेको थियो ।
तीज सम्बन्धि लोक गीतमा नृत्य गर्नुका साथै दर खाने कार्यक्रम सम्पन्न भयो । सोही अवसरमा महिलाहरुलाई कुर्सी घुमाई र बच्चाहरुलाई चम्चा दौड खेल खेलाइएको थियो। कुर्सी घुमाई खेलमा कबिता कुँवर पहिला,े इन्दिरा भण्डारी दोस्रो र गंगा दहाल तेस्रो भइन् । चम्चा दौडमा सुबोध निरौला प्रथम ,ग्रिष्मा ढकाल दोस्रो र लक्ष्मी खड्का तेस्रो भएका थिए ।
राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष अम्बरबहादुर खड्काको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Author

You may also like