मुख्य

दमकको १२ औं नगरसभा सम्पन्न

दमक/ दमक नगरपालिकाको १२ औं नगर सभा मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख राम कुमार थापाको अध्यक्षतामा भएको नगर सभाले संघीय सरकारले गरेको निर्देशनअनुसार केही बजेट कटौती गरी संशोधित बजेट पारित गरेको छ ।
सभामा बजेट तथा कार्यक्रम तर्जुमा समिति, न्यायिक समिति, राजश्व परामर्श समिति र अनुगमन समितिकी संयोजक नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाई, लेखा समिति संयोजक गोपाल प्रसाद संग्रौला, विधायन समिति संयोजक लोक बहादुर धिमाल, सुशासन तथा स्थानीय सेवा समिति संयोजक नविन बराल, वातावरण समिति संयोजक टेक बहादुर थापा, पूर्वाधार समिति संयोजक भिम प्रसाद पौडेल, आर्थिक विकास समिति संयोजक इन्द्र बहादुर गुरुङ र सामाजिक विकास समिति संयोजक सारदा भट्टराईले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरुमाथि आवश्यक छलफल गरी पारित समेत गरिएको दमक–६ का वडा सदस्य कमल बहादुर श्रेष्ठले जानकारी गराए । खुला सत्रमा वडा सदस्य श्रेष्ठले फुटपाथहरुको उचित व्यवस्थापन गर्नुपर्ने, गठन नभएका समितिहरु चाँडै गठन गर्नुपर्ने लगायतका विषयहरु उठाएका थिए । नगर सभाले ती विषयहरुलाई सकारात्मक रुपमा लिँदै उप–प्रमुख भट्टराईले पेश गरेको संशोधित बजेट सर्वसम्मत ढंगले पारित गरेको जानकारी गराइएको छ ।

Author

You may also like