दमक । दमक नगरपालिकामा नागरिकको सहजीकरण र सहर सौन्दर्यकरणका लागि भित्री सडक निर्माण कार्य धमाधम भईरहेको छ । मंगलबार दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापासहितको टोलीले दमक– ५ अन्तर्गत मोडेल मार्गका विभिन्न टोल विकासमा बन्दै सडक तथा वडा नं. ५ को  प्रशासनिक भवनको अवलोकन तथा अनुगमन गरेका हुन् ।

नगर प्रमुख थापाले अनुगमनका क्रममा निर्माण कार्यको प्रगतिबारे अवलोकन निरीक्षण गरेका हुन् । प्रदेश सरकारबाट पाउने विशेष अनुदान नगरपालिकाले पाउने ८० लाख र नगरपालिकको ४२ लाख गरी १ करोड ६२ लाखमा ती सडकहरु बनिरहेको नगरप्रमुख थापाले बताए । यी सडक निर्माणपछि वडा नं. ५ लाई मालपोत जानेसम्म जोडिने भएको छ । ती बाटाका लागि गत वर्ष पनि ३ करोड लगानी भईसकेको छ ।  

वडा नं. ५ मा निर्माणाधिन प्रशासनिक भवन नगरपालिकको आन्तरिक स्रोतबाट निर्माण भएको नगरप्रमुख थापाले बताए । सो भवन यहि आर्थिक वर्षमा तयार भएर काम प्रारम्भ हुने पनि नगरप्रमुखले बताए । सो भवन ६३ लाख बढीको लागतमा निर्माण भईरहेको छ । अनुगमन कार्यक्रममा दमक नगरपालिकाका कर्मचारी, स्थानीय बासिन्दा, नगरपालिकाका इन्जिनियर अनन्त प्रसाद सेनेहाङ, वडा नं. ५ का वडा सदस्य मान बहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो । 

Author

You may also like