मुख्य

दमक उवासंघको पद हस्तान्तरण

दमक/ दमक उद्योग वाणिज्य संघको १८ औं पदहस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष्य चण्डीराज ढकालको प्रमुख अतिथ्यमा आयोजित समारोहका बीच संघका निर्वाचन समिति संयोजक लिलानाथ गुरागाईले नवनिर्वाचित अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल) लाई सपथ खुवाएका छन् भने नवनिर्वाचित अध्यक्ष गुरागाईले संघका निर्वाचित पदाधिकारी सदस्य तथा लेखा समिति संयोजक र कार्यसमिति सदस्यहरुलाई सपथ खुवाएका थिए संघका अध्यक्ष गोकुल श्रेष्ठले तत्कालिन कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरे ।
सो अवसरमा प्रदेश सभा सदस्य होम बहादुर थापा, दमक नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यता रहेको थियो कार्यक्रममा अध्यक्ष श्रेष्ठले वाणिज्य संघमा आफ्नो यात्रा र साथ निरन्तर रहने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु प्रकाश प्रसाई, राजेन्द्र ढकाल, घनेन्द्र सुब्बा लगायत दमकका विभिन्न वडाका वडाध्यक्षहरु, सामाजिक संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग व्यवसायका प्रमुख तथा प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो । संघकी तृतीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक रमा लिम्बूले स्वागत गर्दै वाणिज्य संघमा यसघि आफूलाई नेतृत्वदायी भूमिकामा पु¥याउने व्यवसायीहरुलाई धन्यवाद ब्यक्त गरिन् । कार्यक्रमको संचालन संघका प्रथम उपाध्यक्ष राजु खड्काले गरेका थिए ।

 

You may also like