मुख्य राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि दाङमा निर्वाचन कार्यालय स्थापना

 दाङ, १६ पुस ।  राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचन २०८० का लागि घोराही उपमहानगरपालिका–१५ स्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले अब आयोगको कार्यतालिका अनुसार निर्वाचनका कार्यक्रमहरू अघि बढ्ने निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । 

राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल सकिँदै छ । जसअनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि दुई सदस्यका लागि निर्वाचन हुनेछ । 

You may also like