दमक, १६ पुस|
झापा गाउँपालिकास्थित टु ब्रोदर्श पोल्टी फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । झापा गाउँपालिका- ३ स्थित फूलबारी टोलमा सञ्चालित फर्ममा आइतबार राती अन्दाजी ८ बजेको समयमा आगलागी भएको थियो । स्थानीय इन्दिरा कटुवाल खड्काले सञ्चालन गरेको टु ब्रोदर्श पोल्टी आगलागी हुँदा १००० चल्ला, २२ बोरा कुखुराको दाना र फर्म पूर्ण जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीको खबर प्राप्त हुन साथ दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा राती ८ः५० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केही दिन अघि मात्र झापा गाउँपालिकामा राइजिङ कृषि फर्ममा आगलागी भएको थियो । आगलागीमा परी जिउँदो तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट हुँदा अन्दाजी ४० लाख भन्दा बढीको क्षति भएको थियो ।