देश–समाज मुख्य समाचार स्थानीय

दमकमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै राप्रपाको राके जुलुस

दमक,झापाको दमकमा केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिले दमकमा राके जुलुस निकालेको छ। जुलुसमा सहभागी प्रदर्शनकारीहरूले दमकको विभिन्न भागमा सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरू चोकतर्फ आउँदै गर्दा प्रहरीले उनीहरूको राका खोसेको थियो। प्रदर्शनकारीहरूले काठमाडौँमा पक्राउ परेका आफ्ना पार्टीका कार्यकर्ताहरूको रिहाइको माग समेत गरेका छन्।

राप्रपाका स्थानीय नेताहरूले सरकारले दमन गरेको आरोप लगाउँदै निष्पक्ष कानुनी प्रक्रिया अवलम्बन गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने कुनै अप्रिय घटना भने नभएको प्रहरी स्रोतले जनाएको छ।

Author

You may also like