दमक, चैत २० – नेपाल आदिवासी जनजाति महासंघ दमकद्वारा आयोजना गरिने आदिवासी जनजाति साँस्कृतिक महोत्सव–०८१ को तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ। यही चैत २१ गतेदेखि सुरु हुने महोत्सव झापाको दमक–७ स्थित सयपत्री टोलको रतुवा खोला घाट क्षेत्रमा आयोजना गरिनेछ।
महोत्सवका लागि सम्पूर्ण व्यवस्थापन अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। महोत्सवमा विभिन्न आदिवासी जनजातिका कला, संस्कृति, परम्परा, तथा मौलिक परिकारहरूको प्रदर्शन गरिनेछ। साथै, विभिन्न सांस्कृतिक झाँकी, संगीत कार्यक्रम, तथा अन्य मनोरञ्जनात्मक प्रस्तुति समेत रहनेछन्।
नेपाल आदिवासी जनजाति महासंघ दमकका अध्यक्षले महोत्सवले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति तथा परम्परालाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिने बताए। महोत्सवमा स्थानीय समुदाय, संघसंस्था, तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
महोत्सवको सम्पूर्ण तयारीलाई व्यवस्थित गर्न विभिन्न उपसमिति गठन गरिएको छ। आयोजक समितिले महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिरहेको जनाएको छ।