दमक/ झापास्थित दमकका अग्रज पत्रकार बिष्णु सुब्बा सम्मानित भएका छन् । प्रथम ज्योतिष दिवसको अवसर पारेर दक्षिण एशियाली ज्योतिष महासंघ कोशी प्रदेशको आयोजनामा आइतवार झापाको शिवसताक्षी नगरपालिका वडा न. १० स्थित माईधारमा आयोजित कार्यक्रममा पत्रकार सुब्बा सम्मानित भएका हुन् । महासंघ झापाका केन्द्रीय प्रतिनिधि सुब्बालाई सम्मान पत्र, नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
तीन दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशील सुब्बा हाल राष्ट्रिय समाचार समितिको संवाददातासहित प्रदेशबाणी अनलाईन न्यूज पोर्टलका सम्पादक तथा सञ्चालक समेत हुन् । ज्योतिष महासंघका कोशी प्रदेश अध्यक्ष बाबुराम निरौलाको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष सिताराम लुईंटेल, बिदुशी बृन्दा बराल लगायतले सुब्बालाई सम्मान गरे ।
परिषदले सुब्बासहित ज्योतिष विधाबाट सिन्धुशास्त्री सन्तोष पोख्रेल,ज्येष्ठ ज्योतिष गिताराम लम्साल, धर्मशास्त्र विधाबाट दिुषी वृन्दा बराल, ज्योतिष तन्त्रबाट ज्ञानेन्द्र खरेल, सहयोगी दाताका रुपमा गोमादेवी मिश्र (न्यौपाने ) गरि छ जनालाई सम्मान गरिएको थियो ।
झापा जिल्लाभरका ज्योतिष महासंघमा आबद्ध सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागि वक्ताहरुले पूर्विय सभ्यतामा ज्योतिष बिज्ञानको ठुलो महत्व रहेकाले ज्योतिष विज्ञानको विकासमा जोड दिएका थिए ।
प्रमुख अतिथि उपप्रमुख कार्कीले ज्योतिष पनि एउटा बिज्ञाननै भएकाले यस विधाको विकासमा सवै लाग्नु पर्ने औल्याईन् ।
सोहि अवसरमा परिषदले ज्योतिषहरुवीच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । ज्योतिषहरुको विषयमा आयोजित सो हाजिरीजवाफ प्रतियोगितामा विजयी ज्योतिषहरुलाई पुरस्कृत गरिएको थियो।

Author

You may also like