दमक, झापा – दमक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको समानुपातिक नाम प्रकाशनको विषयलाई लिएर विवाद उत्पन्न भएपछि अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेको छ।
अनेरास्ववियु दमक क्याम्पस कमिटीका अध्यक्ष भिजन चेम्जोङका अनुसार क्याम्पस इकाई समितिले सिफारिस गरेको नामभन्दा फरक नाम निर्वाचन समितिले प्रकाशित गरेपछि असन्तुष्टि जनाउँदै निर्वाचन समितिको कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो।
चेम्जोङले एमाले दमक नगर पार्टीको हस्तक्षेपका कारण फरक नाम पठाइएको आरोप लगाए। उनका अनुसार निर्वाचन समितिले विद्यार्थी संगठनको सिफारिस लत्याएर विधि प्रक्रिया बाहिर गई नाम प्रकाशित गरेको छ।
अनेरास्ववियु दमक क्याम्पस कमिटीका अध्यक्ष चेम्जोङ र क्याम्पस इन्चार्ज अबिश खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन समितिलाई तुरुन्त नाम सच्याउन माग गरिएको छ।
विवादित नामहरूको विषयमा एमाले दमक नगर अध्यक्ष राम पौडेल र सचिव गिरेन्द्र चौलागाईले सिफारिस गरेको पत्रमा संजय राई, गंगा प्रसाद खतिवडा, र युनिक घिमिरेको नाम समावेश गरिएको छ। तर, अनेरास्ववियु दमक क्याम्पस कमिटीले सिफारिस गरेको पत्रमा अबिश खनाल, भिजन चेम्जोङ, र संजय राईको नाम पठाइएको थियो।
स्ववियू निर्वाचन समितिले इकाई कमिटीको सिफारिस लत्याएर पार्टीको पत्रअनुसार