दमक, २४ भदौ÷ फोहोरबाट उर्जा निकाल्ने क्रममा रहेको दमक क्षेत्रको सिको गर्न मोरङको उर्लाबारी र पथरी शनिश्चरे नगरपालिका इच्छुक देखिएको छ ।
फोहोर व्यवस्थापनको विधि अपनाउने प्राविधिक पक्षको जानकारी सहितको सम्भाव्यताका लागि शनिवार उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाको टोलीले दमकको प्लान्टस्थलको अध्ययन÷अवलोकन गरेको छ ।
उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल, पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो सहितको टोलीले संयुक्त रुपमा नेफ्ष्टइरा ईनर्जी प्रालि÷ रोहन ट्रेडर्स जेभीमार्फत संचालित फोहोरबाट उर्जा उत्पादन परियोजनास्थलको अध्ययन÷अवलोकन गरेको छ ।
नगरपालिकाका प्राविधिक टोली सहितको सो अध्ययन अनुगमनमा पथरी शनिश्चरे वडा नम्बर १ का वडाध्यक्ष भीम राई सहितको उपस्थिति रहेको थियो ।