पाकिस्तान माथि भारतीय सेनाको आतंकवाद विरुद्धको सैन्य परिचालन अभियान, सिंदूरले अहिले भारतलाई विश्वको अगाडि महाशक्तिका रुपमा उभ्याइ दिएको छ । भारतको जम्मु कश्मिर प्रान्तको पहल्गाम स्थित पर्यटकीय स्थलमा पाकिस्तानी सेना र सरकारबाट पठाइएको प्रशिक्षित जैसल मुहम्मद जेहादि इस्लामिक आतंकवादीहरुका एक समूहले जम्मु कश्मिर घुम्न गएका पर्यटकहरूलाई धर्म सोधी सोधी हिन्दूहरू माथि गोली प्रहार गर्दा छब्बीस जना को मृत्यु र बीस जना भन्दा बढी पर्यटकहरू घाइते भएका थिए ।उक्त आतंकवादी घटनापछि सम्पूर्ण भारतभरी नै पाकिस्तान प्रति तिव्र आक्रोश फैलिन गएको थियो तथा पाकिस्तान माथि सर्जिकल स्ट्राइक गरेर आतंकवादी लाई खतम पार्न सरकारमाथि ठूलो दबाब पर्न गएको थियो ।पाकिस्तान का सेना र सरकारले पनि भारत सरकार संग डटेर मुकाबिला गर्न र भारतले हमला गरेको खण्डमा परमाणु बमको समेत प्रयोग गरेर भारतलाई धूलो चटाउने तथा ध्वस्त बनाउने चुनौती बारम्बार सञ्चार माध्याम हरु बाट दिई नै रहँदा भारतले विश्वका महाबली देशहरू जस्तै अमेरिका, बेलायत, युएई, रूस, ब्रिटेन लगायतका अन्य नाटो मुलुकहरुलाई जानकारी गराउँदै तथा समर्थन जुटाउँदै पाकिस्तान माथि आक्रमण गर्न भारतीय सेनालाई पूर्ण अधिकार प्रदान गरेको थियो ।
२२ अप्रील २०२५ का दिन भारतको जम्मुकश्मिर प्रान्तको पहलगा म को प्रसिद्ध पर्यटकीय क्षेत्रमा पाकिस्तानबाट सरंक्षित लस्करै तोयबा र जाइसल मोहम्मद हइजÞबुल मुजाहिद्दिन नाम गरेका कुख्यात आतंकवादी संगठनका पाकिस्तानमा प्रशिक्षित मुस्लिम आतंकवादी संगठनका छ जना सदस्यहरूले गोली हानी हानी छब्बीस जना पर्यटक हरुलाई हत्या गरेको र बीस जना जति लाई गम्भीर रुपमा घाइते बनाएको घटनाको प्रतिकार स्वरूप पाकिस्तानले जिम्मेवारी लिन न माने पछि सुरु गरिएको पाकिस्तान विरुद्धको भारतीय सैन्य अभियानको नामकरण सिन्दूर कोरुपमा गरिएको छ । भारतीय संस्कृतिमा सिंदूर लाई शक्ति र सौभाग्यको प्रतीकको रूपमा महत्व प्रदान गरिएको छ । आधा शक्ति दुर्गा भवानीको निधारमा लगाइने टीका शुभ शान्ति र विजयको प्रतीक हो । सिन्दुरलाई हिन्दु नारी सम्मानको प्रतीकको रूपमा लिइन्छ । भारतीय हिन्दु महिलाहरुको आँखा अगाडि नै उनको पति को ज्यान लिएर महिलाको सिन्दूर खोसेर विधवा बनाएको हुनाले नारी सम्मानको रक्षाको लागि सैन्य कारवाई गरिएको भनेर भारतीय मीडियाले जानकारी गराएको थियो ।
जम्मु कश्मीरको पहालगाम घटना सन् २००८को मुम्बई आक्रमण पछिको सबै भन्दा ठूलो आतंकवादी हमला थियो ।भारतीय पक्षले पाकिस्तानमाथि आतंकवादी हरुलाई प्रशिक्षण दिएको र सघाएको आरोप लगाएको थियो।भारतले पाकिस्तानमा रहेका अलकायदा, जेश ल मोहम्मद, लस्करै टोयबा, आइयस् आई लगायतका सबै आतंकवादी संगठन हरुले आफ्नो भारत विरोधी गतिविधि बन्द न गरुन्जेलसम्म सैनिक अभियान चलाए नै रहने घोषणा गरे पछि दुवै देश बीच च र का चरकी र गाली गलौज प्रारम्भ भएको थियो ।
पाकिस्तानले आफूले बनाएको परमाणु बमले भारतलाई ध्वस्त पार्छु भन्न थालेपछि भारतभरी नै त्यसको ठूलो प्रतिक्रिया भएको थियो ।तथा भारतीय जनता र भारतीय सरकार लाई पाकिस्तानमा रहेको रहेको आतंक कारी अड्डा हरू माथि सर्जिकल स्ट्राइक गर्न ठूलो दबाब थेग्नु परेको थियो । त्यस लगत्तै भारतले एकतर्फी रुपमा सिन्धु नदी जल सम्झौता लाई खतम पा¥यो, बाघा अटरी बोर्डर लाई बन्द ग¥यो तथा भारतमा रहेका पाकिस्तानी डिप्लोमेट हरुलाई भारतबाट निकाल्दै पाकिस्तान जानेहरुको विसा समेत रद्द गर्यौ । पाकिस्तानको विमान ले भारतीय आकाश प्रयोग गर्न न पाएपछि पाकिस्तानले पनि भारत संग युद्ध गर्नको लागि ढिपी देखाउन थाले पछि विश्व व्यापी रूपमै परमाणु शक्ति सम्पन्न भारत र पाकिस्तानमा माथि ध्यानाकर्षण हुन गयो । ठूलो परमाणु युद्ध न सल्कियोस् तर आतंकवाद माथि कडा प्रहार होस् भनेर अमेरिका , बेलायत जर्मनी रसिया,, इजराइल सउदी अरब लगायतका भारत समर्थक देशहरूलाई विश्वासमा लिएर पाकिस्तानी भूमिमा प्रवेश नै नगरिकन पाकिस्तानमा रहेको मुख्य–मुख्य टेरोरिष्ट्स सेल्टर हरुलाई ड्रोन र मिसाइल ले हानेर ध्वस्त बनाउने गरी भारतीय सेनाले ७मई २०२५को मध्य रात्रि मा एकै साथ नौ वटा खुंखार आतंकवादका ट्रेनिङ सेन्टर हरुलाई ध्वस्त बनायो त्यस कार्वाहीमा करीब एक सयभन्दा बढी आतंकवादीहरूको ज्यान गएको थियो भने भारतीय सेना ले दावा गरेको थियो। त्यसै घटनामा नेपालको काठमाडौँबाट अपहरण गरी कान्धार लगिएको भारतीय विमान का अपहरणकर्ता पनि मारिएका थिए।त्यस लगत्तै पाकिस्तानले पनि भारत माथि ड्रोन र मिसाइलले भारतमाथि हमला गर्न थाले ।भारतले पाकिस्तानका ११ वटा विमानस्थलहरुलाई मिसाइल हानेर ध्वस्त बनायो भने पाकिस्तानले छोडेको एउटा मिसाइल पनि भारतीय भूभागमा सफल हुन पाएन।डिजिटल वारको दृश्य हेर्दा जति रोमाञ्चक थियो त्यति नै भयानक रूप लिन सकिने अवस्था पनि विज्ञहरुले बताउँदै आई रहेका थिए।पाकिस्तानको सबै सैन्य अभियानहरु भारतको मिसाइलको निशानामा थियो ।
पाकिस्तानले भारतमाथि मिसाइल हमला त ग¥यो तर भारतलाई ध्वस्त पार्छु भन्ने सपना देख्नेहरु निराश भए  ।भारतका विरुद्ध पाकिस्तानको साथ दिने चीन र टर्की, उज्बेकिस्तानले पनि नरेन्द्र मोदीको संकल्पलाई डि गाउन सकेन । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको आतंकवाद र आतंकवादी हरु प्रति कठोर व्यवहार र पाकिस्तान प्रति गरिएको सैनिक कारबाहीले गर्दा पाकिस्तानलाई धरै क्षति हुन गयो तथा पाकिस्तान स्तब्ध भयो । पाकिस्तानले विगतदेखि नै भारतलाई परमाणु बमको धम्की देखाएर भारतको कश्मिरमा आतंकवादलाई प्रोत्साहन दिइरहेको अवस्थामा भारतलाई पनि पटक–पटक धेरै नै क्षति पु¥याएको देखिन्छ तर यसपालिको भारतको पाकिस्तान प्रति गरिएको सैन्य आक्रमण पछिको प्रत्याक्रमण मा पाकिस्तानलाई अपरणीय क्षति पुग्न गएको देखिन्छ पाकिस्तानका सम्पूर्ण सैन्य अखाडाहरु माथि भारतले नियन्त्रण गर्न सक्ने अवस्था देखिएपछि पाकिस्तानका सेना प्रमुख जनरल मुनिरलाई युद्ध सञ्चालन गरिरहन कठिन भयो र उसले भारतसँग युद्धविरामको लागि प्रस्ताव गर्यो। युद्धविरामको प्रस्तावलाई भारतले पनि सहमति जनायो तर आतंकवादसँग कुनै पनि किसिमबाट भारतले सम्झौता गर्न नसक्ने कुरा जनाई नै रह्यो । भारतले पटकपटक आतंकवाद बेहोरिरहँदा अबदेखि भारतले शून्य सहनशीलता अपनाउने कुरालाई स्वीकार गरेको छ भारतले जुनसुकै ठाउँबाट भारतप्रति आतंकवादी गतिविधि सञ्चालन गर्ने हरूलाई भारतले कुनै पनि हालतमा छोड्न सक्दैन र उनीहरुलाई समाप्त पारेरै छोड्छ भनेर भारतले साहस देखाएको छ । भारतको सैन्य अभियानबाट भारतका परम्परागत शत्रु मानिएका चीन पनि झस्किएका छन् भारतले स्वदेशी टेक्नोलोजीबाट बनाइएका भारतीय हतियारहरूको प्रयोग गरेर पाकिस्तानलाई सजिलो काबुमा पार्न सक्ने कुरा बुझेर चिन पनि छक्क परेका छन् । अन्तर्राष्ट्रिय स्तरको आतंकवादीहरूको सूचीमा परेका आतंकवादीहरू पनि यसपालिको भारतीय सेनाको आक्रमणमा परेर ज्यान गुमाएका छन् । पाकिस्तान आफ्नो स्थापनाकालदेखि नै भारतसँग शत्रुतापूर्ण व्यवहार गर्दै आइरहेको छ पाकिस्तान आफूलाई इस्लामिक राष्ट्र घोषणा गरेको छ र भारतको अधिकारमा रहेको कश्मिर का भूभागहरुलाई पाकिस्तानमा सामेल गराउनको लागि आतंकवादी गतिविधिहरु सञ्चालन गरिरहेका देखिन्छन् । आतंकवादको मूलरूपमा विनाश गर्नको लागि भारतले पाकिस्तान अधिकृत कश्मिरलाई पनि भारतीय भूभागभित्र गाभिनुपर्ने र उक्त भूमि पाकिस्तानले भारतलाई फिर्ता गर्ने माग गर्दै आइरहेका छन्। भारत र पाकिस्तानबीच रहेको कश्मिर विवाद लामो समयदेखि चल्दै आइरहेको देखिन्छ। संयुक्त राष्ट्रसंघबाट पनि कश्मिर विवाद सुल्झाउन सकिएको छैन। आतंकवादीहरूलाई उक्साएर पाकिस्तानले भारतसँग युद्ध जित्न सक्दैन र विजयी हुन सक्दैन भन्ने कुरा यसपालिको भारतसँगको युद्धले प्रमाणित गरिदिएको छ। स्थायी युद्ध विरामको लागि आतंकवादको लाई समाप्त पार्नु जरुरी छ ।

Author

You may also like