देश–समाज

चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते

चितवन, भरतपुर महानगरपालिका–२९ जुगेडी बजार नजिक सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौं तर्फ जाँदै गरेको ना ५ ख ९४११ नं. को बसलाई नेपालगञ्जबाट काठमाडौं तर्फ गईरहेको ना ४ ख ६६४७ नं. को बसले पछाडिबाट ठक्कर दिँदा सोहि बसमा सवार २९ जना मध्ये चालक सहित १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको पुरानो मेडिकल अस्पताल भरतपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।

Author

You may also like