काठमाडौं, माछापुच्छ्रे बैंक लि.ले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ । बैंकले बैंकिङ्ग कारोबार सुरु गरेकोे १९ औं वर्ष पुरा गरी २० औं बर्षमा प्रवेशको अवसरमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो ।
बैंकले ग्राहकहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता निःशुल्क रुपमा खोलिदिनेछ । त्यसैगरी माछापुच्छ्रे महोत्सव अन्र्तगत देशभरका भाटभटेनी सुपरमार्केटहरुमा बैंक डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरिद गर्दा १० प्रतिशत सम्मको क्यास व्याक अफर सुविधा प्रदान गर्नेछ ।
योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा बढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआररयुएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ । बैंकले प्रदान गर्ने विभिन्न सुविधा लिनको लागि ग्रहकहरुले नजिकको बैंक शाखामा गई माछापुच्छ्रे महोत्सवमा सहभागी हुन सकिने छ ।