Banner अर्थ राजनीति

खेतीयोग्य जमिन सदुपयोग हुन सकेन ः ओली

जेबी खड्का-
गौरादह, १ कार्तिक-
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य जमिन पूणर्रुपमा सदुपयोग गर्न सकेमा नेपाली जनताको आयस्तर बढाउन सकिने बताएका छन । उनले कृषि पेशामा आधुनिकिकरण नभई पुरानै निर्वाहमुखी खेती प्रणालीका कारण मुलुकको आर्थिक स्रोत खच्किएको बताए ।
मंगलबार गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्तकालय र प्रयोगशाला भवन उद्घाटन गर्न गौरादह पुगेका अध्यक्ष ओेलीले नेपाल कृषिप्रधान देश भनिएता पनि बर्सेनी तरकारी तथा अन्य खाद्य सामग्री अन्य देशबाट आयत गरिँदा नेपाली पैसा बिदेशिएको बताए । परनिर्भरताबाट जोगिदै आत्मानिर्भर बन्न नेपाली उर्भर भुमिलाई सदुपयोग गर्न जरुरी रहेको धारणा राखेका थिए । कृषि क्याम्पसले उत्पादन गरेका दक्ष जनशक्तिहरुले किसानसँग समन्वय गरेर उत्पादन बढाउन सहयोग गर्नुपर्ने बताएका थिए । सम्पूणर् प्राणीहरुका लागि खाना अनिवार्य रहेकाले जुनसुकै पेशामा आश्रित रहेपनि अनिवार्य आवश्यकता पूरा गर्ने पेशा कृषि रहेको हुनाले किसान जहिलेपनि अग्रपंक्तिमा रहने बताए ।
कृषि बिषय अध्यान गर्ने बिद्यार्थीलाई सैद्धान्तिक भन्दा ब्यबहारिक ज्ञान बढी आवश्यक रहेकाले कृषि पढ्ने बिद्यार्थी र किसानका बिचमा तालमेलको आवश्यकता रहेको भन्दै गौरादह तथा आसपासका क्षेत्रको भूमिलाई अध्यायन गरि यस क्षेत्रमा फष्टाउन सक्ने बाली लगाई किसानको आम्दानीको स्रोत बढाउन सहयोग पुग्ने गरि कृषिका बिद्यार्थीले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
ओलीले पुरानो निर्वाहमुखी कृषि प्रणाली हाल सम्म पनि चलिरहदा खेतामा विभिन्न किसिमका दुःख, कष्ट झेल्नुपर्दा कृषि पेशा संकटमा परेको बताएका थिए । उनले जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेकाले कृषि क्याम्पसबाट उत्पादित बिद्यार्थीहरुबाट दक्ष जनशक्ति उत्पादन हुने विश्वास रहको धारणा राखेका थिए ।
कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गौरादहमा कृषि क्याम्पस संचालन भइसकेको र अब चाडै भेटेरेनेरी मेडिकल कलेज संचालन अनुमतिका लागि प्रक्रिया अगाडि बढाउने बताए । गौरादह नगरपालिकाका पूर्व प्रमुख रोहितकुमार शाहले यस क्षेत्रको बिकासका लागि गौरादहमा ईन्जिनियरिङ क्याम्पस र टिचिङ अस्पतालको आवश्यकता रहेको धारणा राखेका थिए । कार्यक्रममा त्रिभुवन विश्व बिद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटा, दमक नगरपालिकाका प्रमुख राम थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
गौरादह कृषि क्याम्पसमा मुलुक भरका २ सय ३६ जना बिद्यार्थी अध्यायनरत छन । कृषि विषय अध्यायनका लागि ३ तले १४ कोठाको भवन निर्माण भएको छ । विश्व बिद्यालयको अनुदान सहयोगबाट बिनियोजित ६ करोड ४४ लाखबाट भवनको निर्माण कार्य सम्पन्न भएको कृषि क्याम्पस प्रमुख सुबोध खनालले जानकारी गराए । कृषि र पशु विज्ञान अध्यायन सस्थानका डीन भार्गव धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले स्वागत मन्तब्य राखेका थिए ।

You may also like