पथरी, १ कार्तिक –
मोरङको पथरीशनिश्चरे १० जिरिखिम्ती घर भइ हाल अमेरिकामा बस्दै आएका दीपेन्द्र दहालको अगुवाईमा नगरका आर्थिक विपन्न २५ परिवारलाई नगद सहयोग प्रदान गरिएको छ ।
कबीर ज्ञानोदय सामाजिक केन्द्र अमरिकाका को ‘गरिब बिपन्नहरुको घरमा दशैं’ कार्यक्रम अन्तरगत संस्थाका कार्यकारी अध्यक्ष दीपेन्द्र दाहाल र संस्थापक रूद्र आचार्य सहितको सहयोगमा पथरी शनिश्चरेका २५ परिवारलाई ५ हजारका दरले सहयोग प्रदान गरिएको हो ।
सहयोगकर्ता मध्येका दहाल स्वयं उपस्थित भइ वडा नम्बर ४ का ७, १० का ६, ९ का ३ र ८ का २ घरपरिवारलाई सो सहयोग प्रदान गरिएको छ । दशैंमा आर्थिक समस्या भएका परिवारमा पनि खुसी आओस भनेर असक्त, सहाराविहीन समेत अवस्थाका ज्येष्ठ सहितका स्थानीयलाई सहयोग गरिएको दहालले जनाए । सहयोग वितरण कार्यक्रममा ४ नम्बर वडाध्यक्ष लोककिरण न्यौपाने सहितको सहभागिता रहेको थियो । अध्यक्ष न्यौपानेले त आफ्नो वडाका १ परिवारलाई ५ हजार रकम बराबरको सामग्री नै किनेर दिन आफैंले काँधमा बोरामा चामल बोकेर घरमा पुर्याइदिएका थिए ।


यसैबीच, जिल्लाको कानेपोखरी ४ घर भइ हाल हङकङमा रहेका पत्रकार, युवा समाजसेवी अनोज रोक्काले दशैंको अवसरमा कानेपोखरी ४ पिङ्डाँडास्थित प्रगतिशील सेवा समाज क्लबलाई १५ सेट फुटबल जर्सी, १२ सेट मोजा, १ सेट क्याप्टेन ब्याज प्रदान गरेका छन् ।

Author

You may also like