देश–समाज विचार/वहस

सुखानुभूतिले बाँचिरहुन् पर्वहरु

नेपालीहरुले मनाउने सबै पर्वहरुको तामझाम र देखासिकी उस्तै हुन थालेको छ । सबैले त्यसमा अमरत्वको भाव देखाउन थालेका छन् । यो सहिष्ण्ुताको संस्कृति हो । हाम्रो आवश्यकता पनि हो । पर्वहरुमा दशैं र तिहारको महत्व गाएर अरुलाई उपेक्षामा पार्नु हुन्न । सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक पक्षहरुलाई राजनीतिको सुन्दर व्यवहारले समेट्नु पर्दछ । यहीनेर घटबडी भयो भने समाजमा सामाजिक असन्तोक पैदा हुन्छ । त्यही नै द्वन्द्व हो ।

================

नरपति पाण्डे

अमर छन् र त यिनको उल्लासमय पराम्पराको विरासत छ । कसैले किन कुरा काट्नु, यिनको आफ्नै सान बनाइ दिए पूर्वीय दर्शनका अग्रज पुर्खाहरुले । बिमति नै थिएन पर्वहरुको जन्म र क्रमको निरन्तरतामा । कसैको द्रव्यले यसको उजेलीपन खुइलयाउन सकेन र सक्दैन पनि । यो कुनै रङ्ग विशेषको घमण्डले तर्सिनेवाला पनि छैन । अनि त विजयादशमी, बडादशैं, महादशैं, तिहारका विशिष्ट दिनहरु जस्तै छटको उल्लास जस्तै राष्ट्रिय पर्वमा आशिर्वाद, पुजन, भजनकीर्तन द्यौसीभैलो सूर्यको आरधना सबैमा कर्महरुमा देवीदेवताहरुको विधिविधान र तामझाम सहित पूजाआजा गरिन्छ । यि विशेष महत्व लिएर सनातनी जीवन्तता बोकेका चाडबाडको बारे कोही अनभिज्ञ छैन । तर यसको रङ र ढङ बारे आफ्नै खालको कथा व्यथा छ । नेपाली समाजमा रमजान, दशै, तिहार, छठ, जस्ता पर्वं प्रतिक र उपमा समेत भयसकेका छन् । कुनै अवसरमा या कुनै मौकामा कसैले भक्कु तरीकाले खाइलाइ र आइजाइ गर्दैछ भने “ओहो यहा“लाई त पर्व पो लागेछ” भनेर त्यतिखेरै भन्ने चलन चलेको छ । यो पर्वहरुको रौनकले स्थापित गरेको हाम्रो धरोहर हो ।

तीज, कृष्णजन्माष्ठमी र गौरा पर्वबाट उदाएर आश्विनदेखि पर्वहरुको आगमन विशिष्ट तरिकाले सुस्तरी चल्ने हावासँगै उमङ्गको रन्को बोकेर गाउँबस्ती, शहर पाखापखेरु, आदि सबैठाउँमा छमछमी नाचको ढाँचामा प्रवेश गर्न थाल्दछन् । प्रतीक र उपमा कै रुपमा स्थापित भैसकेकोले पर्वहरुको रमाइलो र सुख शान्तिस“ग घनिष्ट सम्बन्ध भैसकेको छ । घर छोडेर टाढा गएकाहरु हा“पझा“प गरेर घर आइपुग्छन् । आइपुग्न नसक्नेहरु विभिन्न प्रतीक र विम्बहरु बनाएर आफू बसेका ठाउ“हरुमा धुमधाम यि पर्वहरुको मजा लिन्छन् । आशिर्वाद साटासाट गर्दछन् । कार्यालयहरु, बिद्यालयहरु र कारखानाहरु समेत बिदा हुन्छन् । कार्यालय तथा कम्पनीहरुले कर्मचारीहरुलाई तलब बाहेक अतिरिक्त तलब र बोनस समेत दिएर प्रोत्साहन गर्दछन् । यि पर्वहरुका अनुयायीहरु पर्व आगमन हुन एक दुई महिना अगावैदेखि रमाइलाका लागि भनेर सरसामाग्री र नयाँ पैसा नयाँ लुगा नयाँ खानेकुराहरुको जोहो गर्न गर्न थाल्दछन् ।

केही वर्षहरुदेखि यता नेपाली लोकतन्त्र चाडपर्वमैत्री हुन सकेको छैन । अपराध निस्तेज हुन सकेन बरु तेजस्वी बनेर उदाएको छ । सत्ताा सञ्चालनमा अपराध हावी भएको छ । बजारको रङ्गमञ्चमा झट्ट हेर्दा चहलपहल देखिन सक्छ तर महङ्गी र कालो बजारिया व्यापारले बाहिर निस्कन नसकेको नागरिकहरुको असन्तुष्टि र पीडा आकाशिंदै गएको छ । नेपाली समाजमा भने सत्ताको मैमत्ताले चाहपर्वहरुको उल्लासलाई दमन गर्दै आएको छ । चाडबाडको महिमा र गौरवलाई चिरकाल पर्यन्तसम्म स्थापित गर्न यसका अनुयायीहरुले पर्वहरुको महत्वलाई व्यवहारतः नै सुधार गरी पचनीय बनाउनु पर्दछ । पर्वहरु खान र लाउनका लागि मात्रै होइन ।

वर्षभरिको दुःख र पीडालाई बिर्साउन रामरमाइलो गरेर नया“ अनुभूति प्राप्त गर्नु पनि हो । जनताको सेवालाई मुख्य ठानेर सामाजिक जनजीवनको जिम्मा लिनेहरुले आफ्नो व्यहोरालाई सुधार्नु पर्दछ । गन्धे दुष्प्रवृत्तिहरु छोड्नु पर्दछ । हत्याहिंसा, रीसरागलाई मानवीय गुणमा परिवर्तन गर्नु पर्दछ । भ्रष्टाचार र व्यभिचारलाई त्याग्नु पर्दछ । लुटपाट, राजनीतिक हत्या र व्यक्ति स्वार्थलाई सह–अस्तित्वमा रुपान्तरण गर्नु पर्दछ । व्यापारिक कालोबजारी, ठगी, मिसावट र जामाखोरी दुष्कर्महरुलाई हटाउनु पर्दछ । ‘ठगी बजार’ प्रवृत्ति छोड्नु पर्दछ ्। विद्यालय, मठमन्दिर, बाटोघाटो आदिहरुमा हुने लामो गर्ने बानी हस्तक्षेप र गुण्डागर्दी तत् जिम्मा लिनेहरुले त्याग्नु पर्दछ । मायालु भावले नागरिकहरुले दिएका दानदक्षिणा र चन्दाहरुको हिसाब मिलाएर हिनामिना गर्ने द्रव्यपिशाच प्रवृत्ति छोड्नु पर्दछ । छरछिमेकहरुको घरजग्गा हडप्ने, सा“ध मिच्ने, बाटो मिच्ने ,कुलो मिच्ने, गौंडो छेक्ने जस्ता कुकर्म छोड्नु पर्दछ । छरछिमेक, इष्टमित्र र गरीबहरुलाई हेर्ने कुदृष्टि जस्ता घटिया बानीहरु हटाउनु पर्दछ । मानव मात्र एक जात हो भन्ने भावनाको विकास गर्नु पर्दछ । अनि पो देवीदेवताको पुजाआजाको सार्थकता हुन्छ ।

बटुवाहरुको जायजेथा लुटपाट गरिने घटिया प्रवृत्तिहरु बन्द हुनु पर्दछ । सेवा लिन सार्वजनिक कार्यालयहरुमा आएका नागरिकहरुलाई हैरान पार्ने ,घुस लिने र ढिलासुस्ती गरिदिने कर्तुतहरु हामीहरु बाटै भएका छन् । यि कर्तुतहरु त्याग्नु अनिवार्य छ । कर्म यस्ता गर्ने अनि रातो टीका फूल लगाएर मन्दिर जाने देवीदेवताहरुको आराधना गर्ने के यो धर्म हो र ? चाडवाडहरुको मौका आएपछि भगवतीमाताको मूर्ती पूजा अनि शुभकामनाको वर्षा । सरकार प्रमुखहरु र पार्टी प्रमुखहरु देशवासीहरुका नाममा हार्दिक मंगलमय शुभकामना दिन्छन् । व्यापारिक प्रतिष्ठानहरुमा पनि यही क्रम चालु । वरिष्ठदेखि कनिष्ठ सम्मको शुभकामना दिने शैली एकै । सुख शान्ति र समृद्धिको यस्तो ओठे हार्दिक शुभकामना र देखावटी दुर्गा माताको पूजाआजास“ग माथि उल्लेख गरेका कुकर्महरुको कस्तो तालमेल होला ? कुनै तालमेल छैन । दुर्गामाता, लक्ष्मीमाता सूर्यदेवता महमदको अगाडि साखिला छौं । जनजीवनले पाखण्डी बनेको देखाइरहेको छ । ज्यादतीहरु, कुकर्महरु छोडेर सत्कर्म तर्फ लागौं । शान्ति स्थापना गरौं । देश हाँक्ने अगुवाहरुमा सत्कर्म प्राप्त हुने प्रेरणा मिलोस्् । त्यही नै हामीले पुकार गर्ने इष्टदेवहरुले आशिर्वाद देलान् । त्यहीं नै नागरिकहरुप्रतिको हार्दिक मङ्लमय शुभकामना होला । त्यही नै आºना दर्शनको निष्कर्ष हुन्छ होला ।

नेपालीहरुले मनाउने सबै पर्वहरुको तामझाम र देखासिकी उस्तै हुन थालेको छ । सबैले त्यसमा अमरत्वको भाव देखाउन थालेका छन् । यो सहिष्ण्ताको संस्कृति हो । हाम्रो आवश्यकता पनि हो । पर्वहरुमा दशैं र तिहारको महत्व गाएर अरुलाई उपेक्षामा पार्नु हुन्न । सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक पक्षहरुलाई राजनीतिको सुन्दर व्यवहारले समेट्नु पर्दछ । यहीनेर घटबडी भयो भने समाजमा सामाजिक असन्तोक पैदा हुन्छ । त्यही नै द्वन्द्व हो । समाजमा असन्तोक आउन नदिन सबै जातजाति, धर्म र समुदायहरु माझ आपसी मानवीय सहिष्णुता हुनु पर्दछ । यि सबै पक्षहरुलाई दलीय सहिष्णुताले समेट्न सक्दछ । अनि पो हुन्छ रमाइलो । अनि पो आउ“छ रमाइला पर्वहरु । हाम्रा हुनेखानेहरुको बोलीमा सस्तो मंगलमय गाउने र व्यवहारमा किरन्टोकी हुने, मौकामा चौका पार्ने प्रवृत्ति छ । मन नभएको आशिर्वाद नून बिनाको तरकारी हो ।

अचेलको पर्वहरु हुनेखानेहरुलाई द्रव्य र बिलासको क्रीडा, नहुनेहरुलाई मानसिक पीडा हुन दिनु हुन्न । हुनेखानेहरुले यि पर्वहरुमा गरेका तडकभडकहरुले नहुनेहरुलाई गिज्याउ“छ तर पनि यिनीहरु राम्ररीनै तयारीमा जुटेका हुन्छन् । एकखालको देखासिकी गर्नकै लागि भए पनि अनौठा अनौठा असामाजिक क्रियाकलापहरु निस्कन थाल्ने छन् । ऐयासी मजा छ ति आलिसन द्रव्य दुनिया“भित्र । परम्पराले दिएको बिरासत धान्नलाई मुश्किल छ, ति कमजोर दुनिया“को घरआ“गनमा । सामाजिक बिग्रह पैदा गर्दैछ । त्यो बिग्रहले पीडादायक र उखरमाउलो कष्ट दिनेछ । धर्म परिवर्तनको मनोविज्ञान तयार गर्नेछ । पर्वहरुको गरिमा र उपादेयतालाई अनुयायीहरुले बढाउँदै लानुपर्दछ । सबैलाई सुहाउ“दो तरीकाले पर्वहरु मनाउ“ । पर्वहरुको आवरणसँगै सुपाच्य व्यवहारको शुरुवात गरौं । सुखको अनुभूति गर्न पाउन् संस्कारीहरुले । तब पो पर्वहरुमा अर्पण गरिएका शुभकामनाहरुको महिमा अपरम्पार हुन्छ ।

                                                                                                                           navinnp45@gmail.com

 

 

You may also like