देश–समाज

मुस्लिम महिलालाई सिलाई मेशिन

दमक/ वर्क फर नेपाल नामक सामाजिक संस्थाले झापाको दमक–७ का २६ जना मुस्लिम महिलालाई सिलाई मेशिन वितरण गरेको छ । संस्थाद्वारा संचालित ड्रेसमेकर अर्थात् सिलाई बुनाईको ३ महिने तालिममा सहभागी महिलाहरुलाई एक औपचारिक कार्यक्रम गरी निःशुल्क रुपमा ति सिलाई मेशिनहरु वितरण गरिएको हो ।

ति मेशिनहरु राजधानी काठमाडौंको नेपाल डेभलपमेन्ट सोसाईटी ( एनडिएस) को आर्थिक सहयोगमा मुस्लिम महिलालाई वितरण गरिएको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी गराए । सिलाई मेशिन कार्यक्रमकी प्रमुख अतिथि तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी पौडेलले हस्तान्तरण गरेकी हुन् । सो तालिम हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलेपमेन्ट नामक अमेरिकी अन्तर्राष्ट्रिय संस्थाको आर्थिक र झापा प्राविधिक शिक्षालय विर्तामोडको सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रममा सो अमेरिकी संस्थाका

कार्यक्रम व्यवस्थापक जिव प्रसाद पोखरेल र नेपाल डेभलपमेन्ट सोसाईटी (एनडीएस) का फिल्ड अफिसर वासिम नैयरको पनि विशेष उपस्थिति रहेको थियो ।

Author

You may also like