देश–समाज मुख्य समाचार स्थानीय

सडक सञ्जालले दमकलाई जोड्ने काम धमाधम हुँदै

दमक । दमक कृष्ण मन्दिर–टुकुरे–धराने टोल–पिङ्डाँडा टोल –आमबारी हुँदै इटहरा रोडसम्म जोड्ने बहुवर्षीय सडक कालोपत्रे तथा डूेन निर्माण योजना अन्तर्गत कृष्ण मन्दिर टुकुरे खण्डको निर्माण कार्य हाल २ भागमा ठेक्का सम्झौता भई निर्माण कार्य अगाडि बढेको नेपाल कांग्रेस दमक नगरसचिव दिपेस दाहाल बताउँछन । विगत लामो समयदेखिको स्थानीय बासिन्दाहरूको आशा र अपेक्षालाई सम्बोधन गर्दै अन्ततः यो सडक खण्ड अब निर्माण थालनी भएकोमा स्थानीबासी हर्षित भएको दाहालले बताए ।
सबैको साझा प्रयासले दमक क्षेत्रको यातायात र पूर्वाधारमा नयाँ अध्याय लेखिने अपेक्षा पनि उनले गरे । आगामी दिनहरूमा अझ बढी सहकार्य र यस वडाको समग्र निर्माणमा लाग्न सम्बद्ध, समर्थन र सहयोग गर्न सम्बद्ध सबैलाई आग्रह समेत गरे । सो सडकमा निम्ति संघीय तथा प्रदेश सांसद, विभिन्न दलका नेतागण, समाजसेवी, बुद्धिजीवि, सडक डिभिजन दमक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, अर्थमन्त्री विष्णु पौडेलको योगदानलाई भुल्न नसकिने बताए । यसैगरी उक्त योजनाको निम्ति अथक रूपमा पहलकदमी साथै पटक पटक सिफारिस गर्नुहुने दमक नगरपालिका परिवार, नगर प्रमुख रामुकमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, ४ नं वडा कार्यालयलगायत सर्वपक्षीय साथ र सहयोगले काम सुरु भएको दाहालले बताएका छन् ।

Author

You may also like