लेख विचार/वहस

आपतलाई आँखा खोलेर नियाल

 

 अवाञ्छित राजनीतिक घटनाक्रमले थलिएको मुलुकलाई अप्रत्यासित रुपले प्राकृतिक घटनाले समेत छतविछत हुन पुग्यो । वनजङ्गल सखाप, उर्बर जमिनको शक्ति सखाप, नदिनाला, खोलाखोल्सी, पोखरी, तालतलैयामाथि ठाडो हस्तक्षेप गरी तिनीहरु हिड्ने, बग्ने, रमाउने बसै परिस्थिति सखाप पारियो । सत्ता चलाउने राजा, नेता, कर्मचारी र तिनीहरुद्वारा निर्देशित कार्यकर्ता तथा तलतलका ठिनेमिने मिलेर प्रकृतिको दोहन गर्न सम्म गरे । आफु सत्ता बाहिर हुँदा जताततै अभावै अभाव, भ्रष्टाचारै भ्रष्टाचार र सबैलाई जाली नै जाली देख्ने दृष्टिदोष देख्ने अनि आफु सत्तामा पुग्ने बितिक्कै सत्ताको दोहन गर्न दत्तचित्त हुने शासन व्यवस्थामा परिणत गरे ।

==================

–नरपति पाण्डे
चाडबाडहरुकै बिचमा प्रकृतिले दिएको पिडाले किसान समुहदायमा विपत्ती सिर्जना भएको छ । यो विपत्तीले देशको अर्थराजनीतिमा गम्भीर असर पार्ने छ । खेतबारीमा लगाएको सबै प्रकारको बालीनालीलाई हावाहुरी सहितको वर्षाले चुट्नु समम चुटेको छ । पाकिसकेको र लहलह भएर पसाउन लागेको धान लगभग सबै गह्रागह्रामा सुताइदिएको छ भने काटेर सुकाएको पाँजा पानीभित्र परेको छ । उता लगाएका आलु तथा विभिन्न जातका तरकारीहरुको बोट तथा बेर्नाहरु सबै नष्ट गरिदिएको छ । किसानले आफ्नै बलबुताले लगाउँदै आएको बालीनाली यसरी अचानक रुपमा प्रकृतिको कोपभाजनमा पर्दा उनीहरुको मनमा परेको दर्दनाक घाउमा महलपट्टी लगाउने एउटै मात्र उपाय भनेको स्थानीय, प्रदेश र संघीय सरकारको इमान्दारीता हो ।
विश्व जगतको सृष्टि, स्थिति र विलयको सञ्चालन गर्ने अपूर्व शक्ति जहाँ असंख्य घटनाहरु स्वचालित भइरहेका हुन्छन् त्यसैलाई हामी प्रकृति भनेर बुझ्दै आएका छौं । प्रकृतिमा मानिसको नियन्त्रण कहिल्यै हुँदैन किनकि मानिसनै प्रकृतिको एउटा अंश हो । मानिस प्रकृतिको अंश भएतापनि प्रकृतिले उसलाई शक्तिशाली विवेक र चेतनाको शक्ति दिएको छ जसबाट प्रकृतिको सुरक्षा गरोस् र आफुले प्रकृतिबाट मजा लिन सकोस् । त्यसैले त प्रकृतिमा अपार आनन्द र मनमोहन प्राप्त हुने वस्तुहरु संग्रहित छन् । हावा, पानी, वनजङ्गल, जीवजन्तु, माटो, ढुङ्गा, असंख्य जनिज जस्ता वस्तुहरु मानिसले देख्न, भोग्न, अनुभूत गर्न आदि आदि अनेकसँग निहित छ । प्रकृतिसँगको व्यवहारगत सम्बन्ध कस्तो बनाउने भन्ने सोच चिन्तनमा मानिस आफै होसीबेहासी हुनु पर्दछ ।
कलाकारिताको व्यापक क्षेत्र राजनीति हो । राजनीति गर्ने व्यक्तिहरु असल नियतका भए भने मुलुकले कुनै प्रकोपहरुको सामना गर्नु नै पर्दैन । असल कालीगढले झुक्किएर मात्रै ज्यादै थोरै कमसल बस्तु निर्माण गर्दछ । असल राजनीति गर्नेहरुले मात्र शक्तिसम्पन्न राष्ट्र बनाउन सक्तछन् । विपरित राजनीति गर्नेहरु सेवाको नाममा छुल्याहा, हेपाहा र मुल्याहा कर्म गर्न पुग्दछन् । जस्ले मुलुकमा दुर्गति मात्र खन्याइ रहन्छ । प्रकृति गतिशील हुन्छ । प्राकृतिक परिवर्तनहरुमा अनपेक्षित घटनाहरु घटिरहन्छन् । सिल्पकारी गुण भएका व्यक्तिहरुले राजनीतिलाई सञ्चालन गर्दा मात्र अनपेक्षित घटनाहरुस“ग सामना गर्न सक्तछन् ।
हठबुद्धिको मुङ्ग्रेबलले क्षणभरमा शक्ति कमाएर राजनीति गर्ने सत्ता लोभी नेपाली परम्पराले प्राकृतिक विपत्ती त के एउटा समुहले सिर्जना गरेको अस्तव्यस्त बाटै हायलकायल हुन पुग्दछ । बिडम्वना ! हाम्रो मुलुकमा आप्नो अस्तित्व निर्माण गर्न लाजघिनको पर्वाह नगर्नेहरुले मानव निर्मित प्रकोप मात्रै थुपार्दै गएका छन् । परोपकारी ह्रदय नभएका झुण्डहरुको राजनीतिक हर्कतले नेपाली किसन तथा नागरिकहरु हुर्मत छन् । खडेरी लाग्छ पीडित नागरिकहरुलाई सुकाउ“छ । बाढी आउ“छ तिनै नागरिकहरुलाई बगाउँछ । पहिरो आउँछछ तिनै नागरिकहरुलाई उखेलेर लैजान्छ । अचानक हावाहुरी सहितको वर्षा हुन्छ तिनै किसानहरुको बालीनाली नष्ट पार्छ । झाडापखला निमुनिया“ जस्ता रोगव्यादहरुले तिनै नागरिकहरुलाई चु“डेर लैजान्छ । कस्तो ह्रदयबिदारक पीढाको प्रकोप, हुरीबतासको प्रकोप, रोगव्याधीको प्रकोप !
राज्यको सबल नेतृत्वबाट आफुलाई आइपर्ने विपत्तीहरुको रोकथाम हुन्छ भनेर आºनो मत दिएर राजनीतिक नेतृत्वहरु छानेका हुन्छन् । तर छानिनु अघि भिजेको बिरालो जस्तो हुने नेतृत्व तथा कार्यकर्ताहरु छानिएर सत्तामा पुग्न साथ हिंस्रक ब्वा“सो जस्तो हुन पुग्छन् । आफुआफुमा नङ्ग्राधारी बाँदर जस्तो सत्तामा लुछाचुँडी गर्न पुग्छन् । नेपाली राजनीतिमा अहिलेसम्म आइपरेका प्राकृतिक विपत्तीहरुबाट सिर्जित व्यथाहरु निको पार्न राजनीतिक नेतृत्व सफल हुन सकेको छैन । उल्टै निरिक्षणको बहानामा राहत दिन सकिने राज्यको ढिकुटी ब्रम्हलुट गरेको घटना सार्वजनिक भएका छन् । बसन्तपुर दरबारमा कुँदिएर बनाएका टुडालका नग्न चित्र जस्तै कुरीकुरी पनि नलाग्ने, अफ्सोच पनि नहुने नेपाली राजनीतिक पात्रहरु बडो अचम्मका छन् । यिनका राजनीतिक घोषणापत्रका राजनीतिक शब्द व्यञ्जना केवल बलेँसीका पानीका थोपा जस्तै हुँदै आएका छन् ।
अवाञ्छित राजनीतिक घटनाक्रमले थलिएको मुलुकलाई अप्रत्यासित रुपले प्राकृतिक घटनाले समेत छतविछत हुन पुग्यो । वनजङ्गल सखाप, उर्बर जमिनको शक्ति सखाप, नदिनाला, खोलाखोल्सी, पोखरी, तालतलैयामाथि ठाडो हस्तक्षेप गरी तिनीहरु हिड्ने, बग्ने, रमाउने बसै परिस्थिति सखाप पारियो । सत्ता चलाउने राजा, नेता, कर्मचारी र तिनीहरुद्वारा निर्देशित कार्यकर्ता तथा तलतलका ठिनेमिने मिलेर प्रकृतिको दोहन गर्न सम्म गरे । आफु सत्ता बाहिर हुँदा जताततै अभावै अभाव, भ्रष्टाचारै भ्रष्टाचार र सबैलाई जाली नै जाली देख्ने दृष्टिदोष देख्ने अनि आफु सत्तामा पुग्ने बितिक्कै सत्ताको दोहन गर्न दत्तचित्त हुने शासन व्यवस्थामा परिणत गरे । यस्तो राजनीतिक प्रकोपले प्राकृतिक प्रकोपलाई मलजल गरेको छ ।
वर्षा लाग्यो । बाढी र पहिरोले बाटोघाटा पुलपुलुसाहरु बगाउन शुरु गर्न थाल्छ । गाउँ र बस्तीहरुमा जनजीवनमा त्रास र भय शुरु हुन्छ । त्यो भन्दा अगाडि नै प्रकोप नियन्त्रणका लागी कुनै सिन्को नभाच्नु र जब बाढी, पहिरो, झाडापखला र विपत्तीहरुले खप्लक्क खान थाल्दछ अनि ताउरमाउर गरेर राहत वितरण गर्ने बिगतका नमूनाहरु कुनै कामयाबी भएका छैनन् । प्रकृतिले सिर्जना गर्ने विपत्ती स्वभाविक हो । जो विवेक र सावधानीलाई सभ्यताको मुल ठान्ने एकमात्र प्राणी मानिसले नै प्रकोपहरु, विपत्तीहरु र अनिष्टहरु सिर्जना गर्नु अस्वभाविक हो कमजोर मानिसहरुले गल्ती गर्दा “गतिछाडा” भयो भनी प्याच्च भन्ने तर तुच्छ स्वार्थ पूरा गर्न राजनीतिको र¨ दिएर कुकर्म गर्नेलाई चाहिं के भन्ने ?
प्रकृतिलाई समेत आफ्नो वशमा पारेर आफ्नो देशका नागरिकहरुलाई अपनचयन र समृद्धि दिन सफल राजनीतिक नेतृत्व भएका विकसित राष्ट्रहरुको उदाहरण समेत देख्न नक्ने सुरदासहरु जन्मेको देश नेपाल भएको छ । पिढित नागरिकहरुको उद्धारको लागी बिदेशीहरुले पठाइ दिएको सहयोग समेत भ्रष्टाचार गरेर सहयोग गर्ने राष्ट्रहरुले समेत सहयोग रोक्न बाध्य भएका घटनाहरु भए । सत्ता बाहिर हु“दा हाम्रा सुरदासहरु जनताहरुलाई भविष्यको ललिपप देखाउदै भन्ने गर्दछन् “हामी सत्तामा पुग्ने बित्तिकै स्वीजरल्याण्ड बनाइ दिन्छौं, युरोपको मापडण्डमा पु¥याइ दिन्छौं आदि आदि”। सत्ता प्राप्ति भएपछि उही कुकुरको पुच्छर बाङ्गाको बाङ्गै ।
त्यसै त हाम्रो मुलुक प्राकृतिक विपत्तीहरुले धेरै सताइने भुगोलभित्र पर्दछ । यस्तै विशेषता भएका कैयौं मुलुकहरुले आफुृलाई व्यवस्थीत गरिसकेका छन् । हाम्रो देशलाई व्यवस्थीत गर्न नदिने छौंडा स्वभावको राजनीतिक प्रवृति हावी भएकै कारणले नेपाल प्राकृतिक जोखिमले पीढित छ । विपत्ती पीडितहरु समेत सत्ता सञ्चालनको ठाउँमा पुस्दा पनि प्रकृतिले राहत पाउन सकेको छैन । अहिलेको सत्ता सञ्चालनको अवस्थाले प्राकृतिक प्रकोपलाई वशमा ल्याउन सक्ने कुनै राजनीतिक हैसियत राख्दैन । पिपडितहरुको नाममा स्थापना गरिएका उद्दार पिडित कोषको अवस्था समेत सार्वजनिक गरिदैन त्यो कोष आफै पिडित भएको छ । जुनसुकै रङ्गको राजनीतिक नेतृत्व भएको सत्तावस्था किन नहोस् पिडाको चक्रमा परेका किसान वा मजदुर वा अन्य नागरिकहरु कसैको सम्मानजनक उद्दार हुन सकेको छैन । कार्यान्वयनको जिम्मा लिएर बसेको राज्य संयन्त्रको असली नियत मुलुक समृद्ध बनाउने खालको हुनु पर्दछ । एउटा सामान्य व्यक्ति मन्त्रीको पिए बनेको एकाध वर्षभित्रै ठुल्ठूला बिल्डिङ्ग, विलासी गाडी तथा सुनाचाँदीको मालिक बनेको घटना हामीले देखेका छौं भने जिम्मेवार संयन्त्र प्रमुखहरुको भित्री संसार कति विलासीपूर्ण होला सजिलै अन्दाज लगाउन सकिन्छ । यो कसरी हुन्छ नागरिकहरुले नाक खुम्चयाएर टुलुटुलु हुर्नु सिवाय के पो छ र ।
नियत ठीक बनाउन सके छोटो समयमा सबै समस्याहरु निराकण गर्न सकिन्छ । कपटी नियतले राजनीतिलाई सञ्चालन गर्नु हुँदैन । “मुलुक सम्पन्न र शक्तिशाली हु“दा आफु स्वतः सम्पन्न र शक्तिशाली हुन सकिन्छ” भन्ने सत्यलाई भुल्नु हुँदैन । प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न व्यवस्था सञ्चालकहरुले राजनीतिक दृढ इच्छाशक्ति सहितको राजकीय सिल्पमारिताको गुण आर्जन गर्न सक्नु पर्दछ । अहिले किसानलाई परेको कहालिलाग्दो विपत्तीको अवस्था पनि राजकीय सिल्पकारि गुण विकास गर्ने एक सुनौलो अवसर पनि हो । चुनौतीले अवसर सिर्जना गर्दछ ।
दोषादोष गरेर प्राकृतिक विपत्तीको सामना गर्न सकिदैन । सबैले एकाकार भएर मात्र प्रकृतिलाई मावनमैत्री बनाउन सकिन्छ । हे स्थानीय, प्रदेश र संघीय सरकार सञ्चालन गर्ने सरकारहरु घिन नमानीकन, नसर्माइकन, विदेशीलाई नगुहारिकन, देशको नूर नगिराइकन यो आपतलाई आँखा खोलेर नियालेर हेर । कृषकहरुको मनोबल उच्च राख्न बालीनालीको बिमा गर्ने व्यवस्था तर्फ पनि तिम्रो चेष्टा जागृत होस् । “तँ भएको भए गर्थिस्” भन्ने छुद्रता नदेखाउनुहोस् । आकस्मिक रुपमा हुरीबतास सहितको वर्षाले किसानलाई पु¥याएको कृषि बालीको क्षतिको एकिन गरी उचित क्षतिपूर्तिको व्यवस्था तत्कालै गर्नु पर्दछ । बाली भित्रियाउने समयमा विपत्ती आइपरेको छ । किसानहरुको कृषि उर्जालाई सेलाउन दिनु हुन्न । किसानहरुलाई यो समयमा सहयोग पु¥याउन सकिएन भने यसले दूरगामी असर पार्नेछ । समयमै चेतना होस् ।

navinnp45@gmail.com

Author

You may also like