रीना भट्टा
मानब भएर जन्मिएपछि नितीशास्त्र र नैतिकतालाई मान्नै पर्ने हुन्छ। यो झट्ट हेर्दा एउटै जस्तो लाग्छ तर यसमा फरक पाइन्छ ।Ethics and morality अर्थात नीति शास्त्र (आचार शास्त्र) र नैतिकतामा फरकता पाइन्छ। पहिलो कुरा त यो हो कि जब हामी छात्र जीवनमा आफ्नो जीवनलाई प्रबेश गराउँछौ तब सर्बप्रथम त्यो छात्र जीवनको आचार संहितालाई पालना गर्छौ। त्यस्तै गरी जब हामी आफ्नो त्यो जीवनको आचारसंहितालाई प्रयोग गर्दै प्राध्यापक डाक्टर इन्जिनियर वकिल र राजनीतिज्ञ जस्तो अन्य पेशागत जीवनमा प्रबेश गर्छौ त्यहाँ पनि हामी आ–आफ्नो पेशासंग सम्बन्धित संस्थाको नीति नीयम, मान्यता, मूलभूत अबधारणा, मानक आदर्श र नियमलाई पालना गर्दै अघि बढ्दै जान्छौ ।
जब मानिस कुनै संगठन वा ब्यबसायमा लाग्छ यो संगठन वा ब्यबसायसंग सम्बन्धित नियमलाई उसले पच्छाउनै पर्छ। जब बिध्याथींहरु अध्ययन सकेर बिभिन्न पेशामा जस्तै सरकारी कार्यालयमा, सैनिक निकायको कार्यालयमा हस्पिटल भित्र र राजनितीक ब्यबस्थाको संचालनको काममा प्रबेश गर्छन् तब ति संगठनसंग सम्बन्धित ठूलो ब्यक्तीहरूको ब्यबहार र आचरणलाई हेरेर नै अब कस्तो आचरण अपनाउनुपर्ने हो भन्ने कुराको जानकारी प्राप्त गर्न सक्छ र यस्तै ब्यबहार र आचारसंहिताको पालना गर्नु पर्छ भन्ने भावनाको संचार हुन्छ भने तब मात्र Ethics अर्थात आचारसंहिता पालना गरेको पाइन्छ यो आचारसंहिताले जीवनमा कस्तो आचरण गर्ने भन्ने तय गर्दछ र सोही अनुसार ब्यबहार हुन्छ भने यसलाई नै Ethics भनिन्छ।
यसरी आफ्नो ब्यबसाय र संगठनको नियम अनुसार, आचारसंहिता अनुसार, मुल्य र मान्यता अनुसार काम गर्न बिबस मानिस हुन्छ भने यो नै Ethics वा आचार निति वा नीति शास्त्र हो। यसले एउटा शिक्षकलाई शिक्षकको रुपमा ब्यबहार गर्न बाध्य पार्छ। एउटा वकिललाई इन्जिनियरलाई डाक्टरलाई र राजनीतिक नेतृत्वलाई समेत आ–आफ्नो पेशाको आचारसंहिता अनुसार काम र ब्यबहार गर्न बाध्य पार्छ जसलाई नीति शास्त्र भनिन्छ ।
जसको आबस्यकता सबै मानिसलाई हुन्छ। यति मात्र होइन समाजले र राज्यले पनि उबाट त्यस्तै ब्यबहार भएको हेर्न चाहन्छ । उदाहरणकोलागि जस्तै यदि हामी वकिल छौ र वकालात गर्छौ भने आफ्नो बार एसोसिएसनको आचार संहिता अनुसार काम गर्नै पर्छ डाक्टर छौ भने मेडिकल काउन्सिलको आचारसंहिता मान्नु पर्छ र राजनीतिक नेतृत्वको रूपमा सरकारको अंगको कुनै संचालक छ भने संबिघान प्रदत्त आचारसंहिताको पालना गर्नै पर्छ भने त्यसलाई नै आचार निती वा आचार संहिता भएको ब्यक्ती भनेर चिनिन्छ । यसरी जब मानब जातिको ब्यबहारलाई बाह्य तत्वले निर्धारित गर्दछ भने त्यसलाई नै आचार शास्त्र वा Ethics भनिन्छ ।
तर यदि मानबमा आन्तरिक रुपमा के ठिक र के बेठीक भन्ने चेतना हुदै ब्यक्तीगत रुपबाट ब्यबहार गर्दछ भने त्यो नै नैतिकता वा morality हो । जन्म देखि नै जून संस्कार र मूल्य मान्यता बुबा आमाबाट सीकेको हुन्छ त्यही अनुसार ब्यबहार गर्नु नै नैतिकता हो। नैतिकता मान्छेको ब्यक्तीगत ब्यबहार र धारणा हो जसमा मानिसले के राम्रो र के नराम्रो भन्ने कुरालाई बिचार् पूर्याएर काम गर्छ । जसबाट सहि र गलतलाई ब्यक्ती गत दृष्टिकोणबाट जाचेर प्रयोग गर्छ। यसमा यो गर त्यो नगर भनेर कसैले सिकाउन सक्दैन। यो मानबको आन्तरिक गुण नै हो जसलाई मानब स्वयमले नै बनाउँछ भने यो नै नैतिकता वा morality हो। Ethics वा आचार शास्त्र चै समाज र बाताबरणले निर्धारण गर्छ।
अमेरिकामा र युरोपेली मुलुकको Ethics वा आचारशाश्त्र हाम्रो राष्ट्र र भारत जस्तो राष्ट्रमा लागु हुन् सक्दैन किनभने यहाँ हिन्दु संस्कृति र परम्परा कायमै रहेको छ जसलाई समाजिक मान्यता प्राप्त भएको हुदैन एउटै कुरा पनि कुनै देशमा ethical हुन सक्छ भने कुनै देशमा unethical पनि हुन सक्छ । तर नैतिकता भने चाहे नेपाल मै भए पनि अमेरिकाको भुमिमै भए पनि एउटै हुन्छ। अर्थात् यदि शाकाहारी छ भने जुन सुकै भुमीमा गए पनि शाकाहारी नै हुन्छ अर्थात् शाकाहारीलाई मांशाहारी बनाउन कसैले सक्दैन तर यदि शाकाहारी बानीलाई परिबर्तन गरेर मांशाहारी बन्छ भने मानिसलाई अनैतिक काम गरेको जस्तो लाग्छ तसर्थ खान पान आचारब्यबहार बिचार जसलाई ब्यक्तीगत रूपबाट ठिक मानेर ब्यबहार हुन्छ भने त्यो नै नैतिकता हो।
जो आत्माबाट निस्केको हुन्छ जो समय र परिस्थितिले परिवर्तन हुदैन। कहिले काहि नैतिकताले गर्दा पेशासंग सम्बन्धित काम जसलाई बाध्य भएर गर्नु पर्ने नै हुन्छ ता पनि गर्न सक्दैन । नैतिकतालाई वा mortality लाई ethics भन्दा महत्व जसले दिन्छ उसकै पक्षमा हाम्रो समाज पनि लाग्छ। के काम गर्न हुन्छ र के काम गर्न हुँदैन भन्ने शाश्वत सत्यको ज्ञान मानबलाई उसको अन्तर्मनले बताउँछ भने त्यो नै नैतिकता हो। मानब जीवनमा जति ethics वा आचार संहिताको आबश्यक हुन्छ त्यो भन्दा बढि नैतिकता वा mortality आबस्यकता हुन्छ ।
नैतिकता भएको मान्छे कहिल्यै पनि झुटो बोल्न सक्दैन कहिल्यै अरूको पेट काटेर भ्रष्टाचार गर्न सक्दैन कसैलाई धोका दिन सक्दैन र अनैतिक काम गर्न सक्दैन जस्ले भतजष्अक लाई समेत प्रभावित पारेको हुन्छ तसर्थ नैतिकता मानबको सुखी र खुशी जीवनकोलागि अपरिहार्य कुरा हो। जसले के राम्रो र के नराम्रो भन्ने छुट्याउन सहयोग पुर्याउन मद्दत गर्छ। यसरी मानब जिबनमा बाहिरबाट लादिएर आएको ब्यबहार चै ethics आचार शास्त्र हो भने मानबको ब्यक्तीगत अन्तरमनबाट आउने शाश्वत ब्यबहार भनेकै नैतिकता वा mortality हो। जबसम्म मानिस आफैंमा नैतिकता हुदैन उसले आफ्नो ethics अर्थात् कार्यक्षेत्रको आचार ब्यबहारलाई समेत नियन्त्रणमा राख्न सक्दैन तसर्थ नैतिकताले मान्छेलाई उच्च स्तरमा पुर्याउन मद्दत गर्छ भने सोही नैतिकता बिहिन अनैतिक कृयाकलापले ethics आचारसंहितालाई पनि नमान्ने परिस्थितिमा पुर्याइदिन्छ। जसको कारण जीवन नारकिय बन्न जान्छ जसको उदाहरण समाजमा प्रसस्त पाइन्छ।
(लेखिका पाटन संयुक्त क्याम्पसमा राजनीति शास्त्र अध्यापन गराउनु हुन्छ ।)