– हामी धेरैसँग धेरै थरिका आशा राख्छाैं । स्वार्थ राखेर काम गर्छौं । आफ्ना इच्छाहरू, सपनाहरू पूरा गर्न कसैलाई प्रयोग गर्छाैं । यसो नगर्दा पनि हुन्छ
किनभने हरेक मान्छेका सपना, इच्छाहरू पूरा गर्न समयको सदुपयोग गर्न सक्यो भने ऊ आफैले आफ्नो भाग्य बनाउन पनि सफल हुन्छ ।
– धेरै मानिस आफूलाई, आफ्नो योग्यताभन्दा बढी वौदिक देखाउन चाहन्छन् । अनावश्यक प्रदर्शन गर्छन् । यो मानिसको नेचर नै हो । तर कम ज्ञानी भएर
बच्चाहरूको जस्तो स्वभाव हुनेहरू र बच्चा जस्तै बोल्नेहरूले नै जीवनको मज्जा लिइरहेका हुन्छन् । यो नै वास्तविक जीवन पनि हो ।
– यदि तपाईँ कुनै काम विना प्रेम गर्नुहुन्छ भने त्यस कामको तथा त्यस कामको सन्दर्भसँग ‘गुलाम’ बन्नुहुन्छ । यदि त्यही कामलाई प्रेमका साथ गर्नुभयो
भने ‘राजा’ बन्नु हुन्छ । तपाईँको काम नै तपाईँको खुशी हो ।
— अहंकाररहित मानिस पाउन गाह्रो छ । कतिले त अहंकार, घमण्डलाई आफ्नो शक्ति ठान्छन्, बनाएका छन् । घमण्डले तत्कालमा त खुशी मिल्न सक्छ,
मिल्ला । तर अन्त्यमा दुःख नै हात पर्छ । जहाँ शुरूमा सुख हुन्छ, त्यसको सधैँ दुःखद अन्त्य हुन्छ । सुख त्यति सस्तो पनि हँुदैन, छैन, की जुन
सुरूमै मिलोस् ।
— साथीको बारेमा दाजु हरि भण्डारीको विचार थियो, ‘मेरो सच्चा साथी को हो आफँैलाई सोध्नु पर्छ, के म कसैको सच्चा साथी हुँ ?’ मुख्य प्रश्न यही
थियो ।
— हरि भण्डारी ज्यू, मेरा श्रद्धेय दाइसँग विशेषगरी उपरोक्त कुराकानीहरू हामी दुईबीच हुने गर्थे । अब उहाँ रहनुभएन, अब मैले कोसँग वातमार्ने होला
खै ? आज उहाँ दिवंगत हुनु भएको पनि छ दिन बितिसक्यो । उहाँको आत्माको चीर शान्तिको मंगल कामनासहित यिनै शव्द सुमनद्वारा हार्दिक श्रद्धाञ्जली
अर्पण गर्दछु । शेष फेरि (९८५२६७०८४३)