काभ्रेमा बस दुर्घटना

काभ्रेपाल्चोक, काभ्रेपाल्चोकमा बिहिबार दिउँसो बस दुर्घटना हुँदा १० जना भन्दा बढी यात्रु घाइते भएका छन् । चौँरीदेउराली गाउँपालिकाको मादन कुडारीबाट काठमाडौँ आउदै गरेको बा २ ख ६३८६ नम्बरको बस भुम्लु गाउँपालिका–७ फलाटेमा दुर्घटना भएको हो।

ब्रेकफेल भइ सडकमै बस पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १० जना भन्दा बढी यात्रु घाइते मध्यका जगतबहादुर चौलागाईंको अबस्था गम्भीर रहेको छ र घाइते यात्रुहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.